२०८१ बैशाख ४ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

चुनावअघि बिर्तामोडका मेयरको स्मार्ट सिटीः चुनावपछि यत्रै सिति !


बिर्तामोड, बैशाख ९ । कार्यकाल सकिन केही साता बाँकी रहेका बेला बिर्तामोड नगरपालिकाले पाँच बर्से अवधिको प्रगति पुस्तकमार्फत सार्वजनिक गरेको छ । तर, पुस्तक हेर्दा नगरप्रमुखले चुनावअगाडि प्रतिबद्धता जनाएका एउटै कार्यक्रम र योजना पनि समावेश छैनन् ।

विभिन्न १४ बुँदामा विधागत विकासे कार्यक्रम सम्पन्न गरिएको पुस्तकमा समावेश गरिए पनि ती कार्यक्रम र योजनाहरु सामान्य र निरन्तर हुनैेपर्ने कार्यक्रम मात्र छन् । बाटो कालोपत्रे, नाला निर्माण, विद्यालयका कोठा निर्माण, कृषकलाई अनुदान, स्वास्थ्य केन्द्र निर्माण, खेलकुद गतिविधिलाई नगरपालिका प्रगति भनेर पुस्तकमार्फत सार्वजनिक गरेको छ ।

आज पत्रकार सम्मेलनको आयोजना गरेर नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले नगरमा विकासको छलाङ्ग नै मारेको दाबी गरे पनि यथार्थमा त्यस्तो छैन । शिवाकोटीले चुनावअगाडि प्राथमिकताका साथ उठाएको स्मार्ट सिटीको नारा, चुनाव जितेपछि ‘यत्रै सिति’ झैँ भएको छ ।

उनले पत्रकारका अगाडि स्मार्ट सिटी बनाउन कोसिस गरेको भए पनि नसकिएको हार स्वीकारे । तर, के कारणले सकिएन भनेर जवाफ दिएनन् । पत्रकारको प्रश्नको जवाफ पनि उनले हलुका रुपमा दिएका थिए ।

बिर्तामोडमा गर्व गर्न लायक के गर्नु भयो भन्ने पत्रकारको जिज्ञाशा उनले मेट्न सकेनन् । बिर्तामोडमा अति नै आवश्यक रहेको र समास्यका रुपमा रहँदै आएको व्यवस्थित पार्किङ र सार्वजनिक शौचालयका बारेमा उनले चित्तबुझ्दो जवाफ दिएनन् । त्यसका लागि पत्रकारले नै जग्गा खोजिदिनु पर्ने भन्दै उनी हलुका रुपमा प्रस्तुत भए ।

फोहोर व्यवस्थापनमा पनि नगरपालिका निरीह रह्यो । व्यक्तिगत टकरावका कारण यसअघि व्यवस्थापन हुन नसकेको फोहोर पछिल्ला केही महिनायता मात्र एक सार्वजनिक कम्पनीले बिर्तामोडको फोहोर वार्षिक २० लाख रुपैयाँ लिएर जिम्मा लिएको छ ।

Adv block_7_1

नगरपालिकाले प्रकाशन गरेको प्रगति पुस्तकमा नगरको मानचित्र नै गलत छ । वडा नम्बर १ र ४ बीच सीमा जोडिएको भए पनि ४ नम्बरको भूभागलाई ३ नम्बरमा गाभिएको छ ।

पत्रकारले ‘नगरको भूगोल नै गल्ती भएर प्रकाशित भएको छ त’ भनेर प्रश्न गर्दा नगरप्रमुख शिवाकोटीले, ‘तपाईंले थाहा पाउनु हुन्छ कि हुँदैन भनेर जानीजानी गलत नक्सा प्रकाशन गरेको’ गैरजिम्मेवार जवाफ दिएका थिए ।

समग्रमा नगरपालिकाको पाँच बर्से प्रगति एउटा बालगीतझैँ भएको छ,
………. खोइ दूलो ?
गाईले कुल्चियो ।
खोइ गाई ?
खोलाले बगायो ।
खोइ खोला?
सुक्यो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख पवित्रा महतरा प्रसाईंले आफूले जिम्मेवारी सम्हालेका विषयगत कार्यालयमार्फत महत्वपूर्ण काम भएको बताइन् । कार्यक्रममा सहभागी पत्रकार र जनप्रतिनिधिलाई प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले स्वागत गरेका थिए भने सहजीकरण वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer