२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापाली समाज युएसएको पहलमा ७० जना विद्यार्थीलाई छात्रवृत्ति


बिर्तामोड, बैशाख १० । अमेरिकामा रहेका झापालीहरुको साझा संस्था झापाली समाज युएसएको अगुवाईमा झापाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति घोषणा गरिएको छ ।

आज शनिबार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी समाजले झापा जिल्ला सहकारी संघ र काठमाडौँस्थित झापा विकास मञ्चको सहकार्यमा छात्रवृत्ति घोषणा हो । सामुदायिक विद्यालयका विपन्न तथा मेधावी विद्यार्थीलाई सो छात्रवृत्ति प्रदान गरिनेछ ।

कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेश सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सरावगीको अपस्थितिमा जिल्लाका ७० जना विद्यार्थीलाई छात्रवृत्ति घोषणा गरिएको थियो । कार्यक्रममा छात्रवृत्ति पाउने विद्यार्थीसमेत उपस्थित थिए ।

झापाली समाज अमेरिकाले एउटा महत्वकांक्षी छात्रवृत्ति कार्यक्रम ‘एक व्यक्ति एक विद्यार्थी’ का लागि अभियान नै सञ्चालन गरेर रकम संकलन गरेको थियो । कोषमा हालसम्म संस्थागत रुपमा १८ जनाले रकम प्रदान गरेका छन् ।

अमेरिकामा बस्नेसहित जापानमा बस्ने मेघराज नेपाल र इजराइलमा बस्ने दिपक ओली र झापा विकास मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले दुई लाख ५० हजारका दरले रकम प्रदान गरेका छन् ।

त्यस्तै, अस्ट्रेलियामा रहेका झापाली समाज अस्ट्रेलियाका निवर्तमान अध्यक्ष तथा समाजसेवी दिनेश पोखरेल र वर्तमान वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी दिपक खनालले २ लाख ५० हजार कोषमा रकम जम्मा गरेका छन् ।

झापाली समाज युएसएले ८ हजार ८०० अमेरिकी डलर कोषमा प्रदान गरेको छ भने अध्यक्ष यमुना भट्टराईसहित संस्थापक अध्यक्ष मुकुन्द ढुंगानालगायतले २ हजार २०० डलरका दरले रकम जम्मा गरेका छन् ।

त्यस्तै, अमेरिकामा रहेका २३ जना झापालीले वार्षिक छात्रवृत्तिस्वरुप २०० डलरका दरले समाजलाई रकम हस्तान्तरण गरेका छन् ।
यसैबीच, झापा जिल्ला सहकारी संघमार्फत जिल्लाका २२ वटा सहकारीले छात्रवृत्ति अभियानमा सहयोग गरेका छन् । झापाका सबै क्षेत्र समेटिने गरी सामुदायिक विद्यालयहरु छनोट गरिएको जनाइएको छ ।

Adv block_7_1

यसैबीच, सोही कार्यक्रममा झापाली समाज युएसएले नेपाल रेडक्रस सोसाइटी उपशाखा कुमरखोदलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेको थियो । झापाली समाज युएसएको पहलमा रकम संकलन गरी एम्बुलेन्स खरिदका लागि रकम पठाइएको थियो ।

संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेको छात्रवृत्ति घोषणामा मन्त्री सरावगी, समाजकी अध्यक्ष भट्टराई, मञ्चका अध्यक्ष उप्रेती लगायतले शुभकामना व्यक्त गरेका थिए । सहसचिव कृष्णप्रसाद मिश्रले सहजीकरण गरेको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष गणेश ढकालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer