२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अभिनयमा जम्दै शिवगञ्जकी शर्मिला


बिर्तामोड, बैशाख ११ । सानै उमेरदेखि कलाकारितामा रहँदै आएकी झापा शिवगञ्जकी शर्मिला ताजपुरिया एकैसाथ दुईवटा म्युजिक भिडियोमा डेब्यु गरेर औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेकी छन् ।

अभिनयमा रुचि राख्ने २१ वर्षीया उनी विभिन्न सौन्दर्यमा प्रतियोगितामा सहभागी पनि भइसकेकी छन् ।

झापामा पहिलोपटक भएको ‘हामार जाति हामार भाषा’ प्रतियोगितामा उनले विजेता बन्दै ताज पहिरिएकी थिइन् ।

राष्ट्रियस्तरको टिकटक प्रतियोगितामा समेत भाग लिएर शर्मिलाले आफूलाई अभिनय र कलाकारितामा अब्बल साबित गरिसकेकी छन् ।

कोच समुदायको महान पर्व सिरुवा पर्वको अवसर पारेर उनी अभिनित म्युजिक भिडियो सार्वजनिक भएको हो । टंक बुढाथोकीको गायन तथा संगीत रहेको ‘तोर रुप कहेने’ बोलको भिडियोमा शर्मिलाको लिड रोल गरेको छ ।

प्रेम भारतीले निर्देशन गरेको म्युजिक भिडियोमा खुसी राजवंशी र शिव राजवंशीले अभिनयमा शर्मिलालाई साथ दिएका छन् । दुर्गा राजवंशी प्रोड्युसर रहेको यस भिडियोमा शर्मिलाको निक्कै राम्रो अभिनय देख्न सकिन्छ ।

Adv block_7_1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer