२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

यु–१७ एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा


बिर्तामोड, जेठ १० । बहराइनमा आयोजना हुने एएफसी यु–१७ एसियन कपअन्तर्गतको छनोटमा नेपाल समूह ’एफ’ मा परेको छ ।

Adv block_7_1

यस समूहको छनोट खेल भने भियतनाममा अक्टोबर १ देखि ९ सम्म हुनेछ । एएफसीले मंगलबार सार्वजनिक गरेको ’ड्र’ मा नेपाल समूह ’एफ’ मा परेको हो ।

नेपालको समूहमा थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपे रहेको छ । समूह विजेताले बहराइनमा आयोजना हुने एसियन कपमा स्थान बनाउने छन् ।

एएफसीले छनोट खेल्ने ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर ड्र निकालेको हो । हरेक समूहको विजेताले बहराइनको यात्रा तय गर्नेछ । त्यस्तै, समूहको दोस्रो हुने उत्कृष्ट ५ टोलीले समेत एसियन कप खेल्नेछ ।

Adv sidebar_1

एएफसी यु–१७ एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । १० समूह विजेता राष्ट्र र ५ उपविजेता राष्ट्रले एएफसी यु–१७ एसियन कपमा प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer