
बिर्तामोड, जेठ १५ । गणतन्त्र दिवसको अवसर पारेर झापाको बिर्तामोडमा बेकरिज द केक सप सञ्चालनमा आएको छ ।

एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईं, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र बिर्तामोड ५ का वडा अध्यक्ष रोहित प्रसाईंले सपको उद्घाटन गरेका थिए ।

युवा व्यवसायी दिपेन्द्र राउत र उनका भाइ उमेश राउतले २५ लाख रुपैयाँको लगानीमा बेकरिज द केक सप सञ्चालनमा ल्याएका हुन् ।

सपमा बेकरी सम्बन्धी सम्पूर्ण परिकार पाउनुका साथै कफी पनि उपलब्ध रहेको जनाइएको छ । १० किलोमिटर आसपासका क्षेत्रमा होम डेलिभरीको व्यवस्था सपले गरेको छ ।

त्यस्तै, विदेश अध्ययन तथा रोजगारका लागि जाने युवालाई लक्षित गरी वारिस्टा कफी स्कुल समेत सञ्चालनमा ल्याएको दिपेन्द्रले बताए ।

वारिस्टा कफी स्कुलमा विदेश जाने तथा स्वदेशमै स्वरोजगार बन्न कफी तालिम लिन चाहनेहरुका लागि १५ दिने र ३५ दिने कफी बनाउने तालिम उपलब्ध गराउने उनले बताए ।