२०८२ बैशाख २९ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको अतिथि सदनमा सटर निर्माण गरिने, दुई सञ्चारकर्मी पुरस्कृत


बिर्तामोड, जेठ १६ । बिर्तामोड उद्योग वाणिज्य संघले दुईजना सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ ।

संघको आज अतिथि सदनमा सम्पन्न पाँचौँ वार्षिक साधारणसभामा सञ्चारकर्मी केशव भट्टराई र विनोद पाण्डेलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

Adv block_7_1

कञ्चनजंघा एफएममा आवद्ध भट्टराई नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष हुन् भने आमसञ्चार डटकममा आवद्ध पाण्डे महासंघका सदस्य हुन् ।

यसैबीच, संघले साधारणसभामार्फत विभिन्न भावी योजनाहरु अघि सारेको छ । संघका अध्यक्ष प्रकाश शिवाकोटीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संघलाई आर्थिक रुपमा अझ दरिलो बनाउनका लागि संघको भुइँतला तथा पश्चिम र उत्तरको कम्पाउन्डवालको ठाउँमा सटरसहितको कोठा तयार गरी व्यापारिक प्रयोजनका लागि भाडामा लगाउनेछ ।

त्यस्तै, प्रत्येक सपिङमल, कम्प्लेक्स, मार्केट तथा अत्यधिक कारोबार हुने स्थानमा सुझाव पेटिका स्थापना गर्ने, बिर्तामोड नगरपालिका र उद्योग वाणिज्य संघको संयुक्त साझेदारी तथा समन्वयमा जनचेतनामुलक कार्यक्रम, उत्पादनमुलक कार्यक्रमहरु सञ्चालन गर्ने संघले योजना बनाएको छ ।

त्यस्तै, बिर्तामोड नगर क्षेत्रका विभिन्न स्थानमा रुखबिरुवा राप्ने तथा भद्रपुररोड सडकको बीच भागको रोड डिभाइडरमा पूmलबगैँचा स्थापना गर्ने प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय सरकारको समन्वयमा बिर्तामोड नगर क्षेत्रका विभिन्न स्थानमा सडकबत्ती जडान गर्न र भएका ठाउँमा मर्मत गर्ने, राति पनि प्रस्ट देखिन सकिने सिसी क्यामेरा थप गर्नका लागि आवश्यक समन्वय गर्ने योजना साधारणसभाले अघि सारेको छ ।

Adv top

त्यस्तै, बिर्तामोडमा अतिआवश्यक रहेको सार्वजनिक शौचालयको विषयमा अध्ययन गरी मुक्तिचोक क्षेत्रको आसपास, महेन्द्र राजमार्गको नजिक उचित जग्गाको खोजी गरी सार्वजनिक शौचालय स्थापना गर्न कार्यमा नगरपालिकासँग समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवेदनमा उल्लेख छ ।

Adv sidebar_1

संघले अन्तर्राष्ट्रिय स्तरको व्यापारिक महोत्सव सञ्चालन गर्ने, बिर्तामोडमा अव्यवस्थित पार्किङ, सवारीचापलाई ध्यानमा राखी ट्राफिक प्रहरी, स्थानिय प्रशासनको सहकार्यमा उचित व्यवस्थापनमा पहल गर्ने जनाइएको छ ।

साधारणसभालाई संविधानसभा सदस्य मनकुमार गौतम, सुधीरकुमार शिवाकोटी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाललगायतले शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव अर्जुन मैनालीले गरेका थिए भने स्वागत वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले गरेका थिए ।

Adv footer