२०८२ बैशाख २९ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

एक्सेलको नयाँ शाखा धरानमा


बिर्तामोड, जेठ १७ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सुनसरीको धरानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैकिङ्ग पहुँच थप विस्तार गर्दै जनतामाझ पु¥याउने उद्देश्यका साथ धरान बजारमा नयाँ शाखाको औपचारिक उद्घाटन गरिएको छ ।

Adv block_7_1

एक कार्यक्रमका बीच धरान शाखाको उद्घाटन प्रमुख अतिथि धरान उपमहानगरपालिका का उपप्रमुख अइन्द्रविक्रम बेघा र बैंकका सञ्चालक पुरुषोत्तम लम्सालले संयुक्त रुपमा गरेका थिए ।

आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भूमिका भएको धरान बजारमा ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप योजनामार्फत रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।

साथै, बैंकले आफ्नो आवश्यकता बमोजिम आवास, सवारीसाधन, व्यक्तिगत, व्यापारिक लगायत कर्जा सुविधा लिन सक्ने सुविधा प्रदान गर्ने बताइएको छ ।

धरान शाखामार्फत एबिबिएस, सि(एएसबिए, आइपिएस, अनलाइन क्लियरिङ, क्युआर कोर्ड तथा स्मार्ट मोबाइल बैंकिङ्ग, भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधासहितको भिसा डेबिट कार्ड, रेमिटान्स सेवा लगायतका अधिकांश बैंकि¨ सेवाहरु प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग १० अर्ब ५८ करोड रुपैयाँ रहेको छ । निक्षेप संकलन लगभग ११ अर्ब २७ करोड रुपैयाँ गरेको छ ।

झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, पाँचथर र सुनसरीका विभिन्न ४३ स्थानमा शाखा कार्यालयमार्फत बैंकि¨ सेवा प्रदान गरिरहेको छ ।

Adv sidebar_1

बैंकका सञ्चालक पुरुषोत्तम लम्सालको अध्यक्षतामा सम्पन्न शाखा उद्घाटन कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक अशोक क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए ।

बैंकको वर्तमान गतिविधिका बारेमा प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेलले प्रकाश पारेका थिए ।

Adv top

कार्यक्रममा प्रमुख अतिथि बेघा, संस्थापक शेयरधनी डा.रुपक खनाल, मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्ती, धरान उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विद्या शाक्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उदघाट्न कार्यक्रमको सञ्चालन बैंकका कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।

Adv footer