२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

साइक्लिस्टहरुद्वारा बिर्तामोडमा साइकल लेन निर्माणमा जोड


बिर्तामोड, जेठ २० । बढ्दो सहरीकरणसँगै प्रदूषण र मानव स्वास्थ्यप्रति सचेत रहन बिर्तामोडका ‘साइक्लिस्ट’ हरुले जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् । त्यसका लागि बिर्तामोडमा पनि साइकल लेनको व्यवस्था गर्न उनीहरुले नगरप्रमुखलाई आग्रह गरे ।

Adv block_7_1

पाँचौँ विश्व साइकल दिवसको अवसर पारेर आज बिहान भएको ‘बिर्तामोडका जनप्रतिनिधिहरुसँग साइकल र सहरका कुरा’ विषयक छलफल कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईंले त्यसका लागि आवश्यक पहल गर्दै सुरक्षित साइक्लिङ अवधारणा निर्माण गर्न सकारात्मक रहेको बताइन् ।

कार्यक्रममा साइक्लिस्टहरुले व्यवस्थित पार्किङ र साइकल लेन निर्माणका लागि जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए ।

नगरप्रमुख प्रसाईंले साइकलको सहजता, स्वास्थ्य, ट्राफिक व्यवस्थापनका लागि वर्तमान समयमा महत्वपूर्ण विषय भएकोले साइकिलिस्टहरुले छलफल कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख अशोककुमार जवेगू, बिर्तामोड वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाईं, ३ का वडाध्यक्ष मदन बुढाथोकी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, सञ्चारकर्मी लीला अनमोललगायतले आआफनो धारणा राखेका थिए ।

Adv sidebar_1

जवेगूले साइक्लिस्टहरुको सहजताका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले लेन बनेमा त्यसको प्रयोगमा विशेष ध्यान पुर्याउने बताए ।

Adv top

वडा अध्यक्ष प्रसाईंले आफू पनि महिनाको एक दिन साइकलमै कार्यालय आउनेजाने गर्ने बताए । लेन निर्माणप्रति आफू सकारात्मक भएको उनल बताए ।

प्याक एन्ड पेडलका सञ्चालक तथा नेपाल साइकल सोसाइटीका कार्यकारिणी सदस्य आकाश श्रेष्ठको सहर र साइकल सम्बन्धी प्रस्तुति रहेको छलफल कार्यक्रमको सहजीकरण साइक्लिस्ट डा. विनोद दाहालले गरेका थिए ।

कार्यक्रमपश्चात ३२ जना साइक्लिस्टहरुले कार्यक्रमस्थल इन्द्रेणी ब्यांक्वेटबाट बिर्ता बजार हुँदै मुक्तिचोक-भगवानचोक-मुक्तिचोक-महानन्दचोक-माता मन्दिर-धर्मकाँटा हुँदै सिटी सेन्टरसम्म नगर परिक्रमा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer