२०८२ बैशाख १२ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

वातावरण दिवसमा मेची क्याम्पसमा मिनी म्याराथन र वृक्षारोपण


बिर्तामोड, जेठ २२ । विश्व वातावरण दिवसको अवसर पारेर झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको वातावरण विज्ञान विद्यार्थी समाजले आज मिनी म्याराथन (सडक दौड) र वृक्षारोपण गरेको छ ।

Adv block_7_1

क्याम्पस परिसरबाट सुरु भएको पाँच किलोमिटर दूरीको मिनी म्याराथन क्याम्पसमोड–सगरमाथाचोक–संगमचोक–जनताचोक–गणेश मन्दिर–मेची अस्पताल हुँदै पुनः मेची क्याम्पस पुगेर सम्पन्न भएको थियो । म्याराथनमा करिब एक सयजनाले सहभागिता जनाएका थिए ।

मिनी म्याराथनमा पुरुषतर्फ माने हस्दा प्रथम, विवेक रिजाल द्वितीय, लक्ष्मीप्रसाद रिजाल तृतीय भए भने महिलातर्फ सुस्मिता राई प्रथम, समीक्षा यादव द्वितीय र नमुना आङ्बो लिम्बू तृतीय भए ।

त्यस्तै, क्याम्पस परिसरमा विभिन्न प्रजातिका २५० थान बिरुवा रोपिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले म्याराथनको उद्घाटन गरेका थिए ।

Adv sidebar_1

त्यस्तै, विशिष्ठ अतिथि क्याम्पस प्रमुख जीवन पोखरेल, अतिथि स्ववियु सभापति भुवन बुढाथोकी लगायतका वक्ताले शुभकामना मन्तव्य दिँदै वातावरण संरक्षणमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।

Adv top

वातावरण विज्ञान विद्यार्थी समाजका अध्यक्ष दिनेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख देवीप्रसाद आचार्य, डा. कृष्णप्रसाद भट्टराई, वातावरण विभाग प्रमुख दिवस दाहाल, कर्मचारी संघका अध्यक्ष कमलसिंह राजवंशी लगायतको आतिथ्य रहेको थियो ।

वातावरण विज्ञान विद्यार्थीले समाजका सचिव वेनुपराज खतिवडाले सञ्चालन गरेको कार्यक्रमको सहजीकरण वातावरण विज्ञान विभागका लेक्चर कैलाशकुमार खरेलले गरेका थिए ।

कार्यक्रमका लागि भद्रपुर नगरपालिका, मेची क्याम्पस, कङ्गारु एजुकेसन फाउन्डेसन, स्टडी सिस कन्सल्ट काठमाडौँ, युथ रेडक्रस सोसाइटी मेची क्याम्पस, हल्दिबारी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष डम्बर गिरी, विद्यार्थी नेता गौरव गुप्ता लगायतले आर्थिक लगायतका सहयोग गरेको लेक्चर खरेलले जानकारी दिए ।

Adv footer