२०८२ असार १८ बुधबार
Jhapa Today
Adv top

एसियाडका लागि राष्ट्रिय टिमको तयारी सरु


बिर्तामोड, जेठ २४ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आसन्न १९औँ एसियाली खेलकुदका लागि राष्ट्रिय टिम तयारी मंगलबारदेखि सुरु गरेको छ ।

राखेपले एसियाडमा २३ खेल समावेश गर्ने निर्णय गरेसँगै अघिल्लो महिना सबै खेलको राष्ट्रिय टिम छनोट भइसकेको छ । भदौ अन्तिम सातादेखि चीनको ह्वाङझोउमा सुरु हुने भनिएको एसियाली खेलकुद कोरोना महामारीको कारण देखाउँदै अनिश्चित समयका लागि स्थगित भइसकेको छ ।

एसियाड स्थगित भए पनि राखेपले टिम छनोट भइसकेका कारण तयारी सुरु गर्ने निर्णय गरेको हो ।

नेपालबाट एसियाडमा सहभागी हुने खेलः एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, ट्रायथोलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्याण्डबल, टेवलटेनिस, महिला भलिबल, पुरुष त्रिकेट, ब्याडमिन्टन, पौडी र सुटिङ ।

Adv footer