२०८१ असोज २० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

महिला टि–२० च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित


बिर्तामोड, असार ४ । एसिसी महिला टि–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको छ ।
नेपालले लगातार दोस्रो जित हात पारेको हो । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो ।

Adv block_7_1

मलेसियामा जारी प्रतियोगितामा नेपालले कुवेतलाई २५ रनले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको हो ।

जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रन बनायो । कुवेतकी ओपनर प्रियादा मुरलीले ४० बलमा २ चौका र १ छक्कासहित सर्वाधिक सर्वाधिक ३१ रन बनाइन् ।

कप्तान अम्ना तारिक १४, मर्याम ओमर ५, जीफा जिलानी ६ र मरिम्मा हैदरले १६ बलमा १४ रन बनाइन् ।

नेपालकी सीता रानामगरले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् । अश्मिना कर्माचार्य, संगिता राई र इन्दु बर्माले १–१ विकेट लिए ।

त्यसअघि किनरारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रन बनायो ।

नेपालकी कप्तान रुविना क्षेत्री बेलबासले २७ बलमा ४ चौकासहित ३४ रनमा अविजित रहिन् । उपकप्तान इन्दु बर्मा ३३ बलमा २ चौकासहित २८ रनमा अविजित रहिन् ।

Adv sidebar_1

पाँचौं विकेटका लागि इन्दु र रुविनाले ६० रनको अविजित साझेदारी गरेका थिए । जुन नेपाली महिला टि२० आई क्रिकेटमा पाँचौं विकेटका लागि भएको उच्च साझेदारी हो ।

यसअघि पाँचौं विकेटका लागि महिला टि२० आईमा २०१९ मा अप्सरी बेगम र सरिता मगर तथा यसै प्रतियोगितामा भुटानविरुद्ध रुविना काजोल श्रेष्ठले समान ३२ रनको साझेदारी गरेका थिए ।

Adv top

ओपनर विन्दु रावल १६ बलमा २ चौकासहित ११ रनमा क्याच आउट भइन् । उनी आउट हुँदा नेपालले ४.५ ओभरमा १९ रन बनाएको थियो ।

अर्की ओपनर ज्योति पाण्डे २४ बलमा १ चौकासहित १५ रनमा क्याच भइन् । विकेटकिपर काजोल श्रेष्ठ र सीता रानामगर ५–५ रनमा आउट भए ।

कुवेतकी मरिम्मा हैदरले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । मर्याम ओमरले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । खदिजा खालिलले एक विकेट लिइन् ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । यस प्रतियोगिता फाइनलमा पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् ।

समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् ।

फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन् । नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो ।

असार ६ (जुन २० ) – नेपालविरुद्ध बहराइन

असार ७ (जुन २१ ) – नेपालविरुद्ध हङकङ

असार १० (जुन २४ ) – सेमिफाइनल

असार ११ जुन २५ ) – फाइनल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer