२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

लायन्स बिर्तामोड सिटीको ‘ह्यान्ड ओभर टेक ओभर’ सम्पन्न


बिर्तामोड, असार १३ । लायन्स क्लब अफ बिर्तामोड सिटीको पद हस्तान्तरण तथा ग्रहण (ह्यान्ड ओभर टेक ओभर) कार्यक्रम सम्पन्न भएको छ ।

Adv block_7_1

एक कार्यक्रमका बीच वर्ष २०२२-२३ का अध्यक्ष मनोज बानियाँलाई वर्ष २०२१-२२ का अध्यक्ष रामेश्वर द्विवेदीले पद हस्तान्तरण गरेका थिए ।

बिर्तामोडको आँगन पार्टी प्यालेसमा आज भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब ३२५ सीका डिस्ट्रिक गभर्नर धीरज गुरुङले क्लबले यसअघि गरेका कामको प्रशंसा गर्दै नयाँ समितिलाई शुभकामना दिए ।

क्लबका संस्थापक अध्यक्ष नीरज ओलीले स्वागत गरेको कार्यक्रममा तृतीय उपाध्यक्ष उपेन्द्र बानियाँले झन्डाको अभिवादन वाचन गरेका थिए । क्लब सचिव अनन्तलाल महतोले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष घनश्याम चौधरीले धन्यवाद ज्ञापन गरेका थिए ।

क्लबले यसअघि नै नयाँ कार्यसमिति चयन गरेको थियो । जसमा प्रथम उपाध्यक्षमा दुर्गा थपलिया, द्वितीय उपाध्यक्षमा उपेन्द्र बानियाँ, तृतीय उपाध्यक्षमा राजकुमार गुप्ता रहेका छन् ।

क्लब सचिवमा चन्द्रमणि कट्टेल, सहसचिवमा सञ्जय चौधरी, उपसचिवमा लक्ष्मण खड्का (प्रेम) कोषाध्यक्षमा बरुण जैसवाल, सहकोषाध्यक्षमा राजकुमार शाह र उपकोषाध्यक्षमा पुष्पप्रसाद दुलाल चयन भएका छन् ।

Adv sidebar_1

क्लबको पिआरओमा मनोजकुमा शाह, टेमरमा दिपक साफी, टेल ट्विास्टरमा गंगा गौतम, क्लब कोआर्डिनेटरमा अनन्तलाल महतो र प्रोग्राम कोअर्डिनेटरमा टहलदास ओली चयन भएका छन् ।

निर्देशकहरुमा नरेश शाह, मनोजकुमार चौधरी, त्रिलाकी शाह, राजाबुल शेख, पदमबहादुर पुरी (प्रकाश), टंकनाथ पौडेल, कमल भट्टराई र हिमालचन्द्र खरेल चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer