२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

प्रदेश १ का अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान


बिर्तामोड, असार १९ । २०३० सालयता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी तथा पदक विजेता खेलाडीलाई १ नम्बर प्रदेश खेलकुद विकास बोर्डले सम्मान गरेको छ ।

आज विराटनगरमा आयोजित भव्य कार्यक्रमका बीच उनीहरुलाई कदरपत्रले सम्मान गरिएको हो । बाजागाजासहित एयरपोर्ट मोडदेखि कार्यक्रमस्थलसम्म करिब ५ सय मिटर ¥याली गरेर उनीहरुलाई स्वागत गर्दैसम्मान गरिएको थियो ।

Adv block_7_1

१ नम्बर प्रदेशबाट ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुद (साग) मा अहिलेसम्म सहभागी खेलाडीहरुको अन्तिम सूची तयार गरेर बोर्डले सम्मान गरेको बोर्डका उपाध्यक्ष जिना कार्कीले जानकारी दिइन् ।

बोर्डले प्रदेशबाट हालसम्म ओलम्पिक खेलेका ९, एसियाडमा सहभागी तथा पदक विजेता ३६ र साग खेलेका र पदक प्राप्त १५० खेलाडीलाई सम्मान गरेको थियो ।

यसैबीच, बोर्डले सम्मानित खेलाडीका परिवारलाई पाँच वर्षसम्म निःशुल्क स्वास्थ्य उपचार पनि उपलब्ध गराउने भएको छ । खेलाडीसहित श्रीमती, छोराछोरी, आमाबुबालाई पाँच वर्षसम्म निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने तयारी गरेको बोर्डका सदस्यसचिव हंशराज वाग्लेले बताए ।

सम्मानित हुनेको ओलम्पियनतर्फ धरानका बक्सर नरेन्द्र पुमा (१९८० मस्को), एथलेटिक्समा मोरङका पुष्पराज ओझा (१९८४ लस एन्जलस), एथलेटिक्समा झापाका डम्बर कुँवर र मेनुका राउत (१९८८ सोल), सुटिङमा सुनसरीका टिकाराम श्रेष्ठ (२००४ एथेन्स), एथलेटिक्समै इलामकी प्रमिला रिजाल (२०१२ लन्डन) सहित ९ खेलाडी छन् ।

एसियाली खेलकुदतर्फ १९९४ मा जापानमा करातेबाट कास्य पदक जितेकी झापाकी सीताकुमारी राईसहितका ३७ जना छन् ।
हिरोसिमाको १२ औँ एसियाली खेलकुदमा कास्य पदक जित्ने राई कुनै पनि खेलकुदसँग सम्बन्धित अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो नेपाली महिला हुन् ।

सागमा करातेतर्फ स्वर्ण जित्ने झापाका मीनाकुमारी पाठक (१९९९ नेपाल), जुडोकी देविका खड्का (२०१९ नेपाल), इलामकी उसु खेलाडी जुनी राई (२०१९ नेपाल) लगायत १५० जनालाई सम्मान गरिएको थियो ।

Adv sidebar_1

१ नम्बर प्रदेशमा पुराना खेलाडीलाई यसअघि नेपाल खेलकुद पत्रकार मञ्च झापाले नगदसहित सम्मान गर्दै आएको छ ।
लाइफटाइम अचिभमेन्ट अवार्डका नाममा मञ्चले स्पोर्टस् अवार्ड कार्यक्रम गरेर सम्मान तथा पुरस्कृत गर्दै आएको अध्यक्ष हिमाल खरेलले जानकारी दिए ।

मञ्चले अघिल्लो वर्षका पदक विजेता खेलाडीलाई अर्को वर्ष विभिन्न छवटा विधामा मनोनयन गर्दै सम्मान तथा पुरस्कार दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer