२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सहाराको पद हस्तान्तरण सम्पन्न, १५ अर्ब ३० करोडको वासलात


बिर्तामोड, असार २५ । सदस्य संख्या र शेयर पुँजीका हिसाबले नेपालकै सबैभन्दा उत्कृष्ट र ठुलो सहकारीको रुपमा रहेको झापा चारपानेको सहारा नेपाल साकोसको सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको पद हस्तारन्तरण कार्यक्रम सम्पन्न भएको छ ।

आज झापाको बिर्तामोड-२ मा एक भव्य कार्यक्रमको आयोजना गरेर सहाराले नवनिर्वाचित समितिको पद हस्तान्तरण गरेको हो । संस्थाको चारबर्से कार्यकालको लागि यही जेठ अन्त्यमा नेतृत्व तथा समिति चयन भएको थियो ।

Adv block_7_1

संस्थाले योपटक भने अध्यक्षसहित सबै पदमा सर्वसम्मत चयन गरेको थियो । नवनिर्वाचित समितिका सबैले यसअघि नै शपथ ग्रहण गरिसकेका छन् ।

कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाले नवनिर्वाचित अध्यक्ष हरिबहादुर राजवंशीलाई साकोसको माइन्युट हस्तान्तरण गरेका थिए भने अध्यक्ष राजवंशीले निवर्तमान समितिलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेश सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सरावगी, एमाले झापा अध्यक्ष दिपक कार्की, कांग्रेस झापा सभापति देउकुमार थेवे, राप्रपा झापा अध्यक्ष केशव ओझा, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, संस्थाका संरक्षक नरनाथ गिरी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सदस्य घनश्याम अधिकारीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले स्वागत मन्तव्य राख्दै बैंकहरुभन्दा उत्कृष्ट सेवा प्रदान गर्नेगरी संस्था अघि बढेको जानकारी दिए । उनले सहारालाई प्रविधियुक्त बनाउँदै लैजाने उद्घोष गरे ।

Adv sidebar_1

सहारामा हालसम्म एक लाख ६० हजार सदस्य पुगेका छन् भने ७७ वटा सेवाकेन्द्र रहेका छन् । सहारा नेपाल छवटा जिल्लामा पूर्ण रुपमा र पाँच जिल्लाका दुईदुईवटा गरी ८० स्थानीय तहमा कार्य क्षेत्र बनाएर काम गरिरहेको गिरीले बताए ।

संस्थाको शेयर पुँजी एक अर्ब ६५ करोड रुपैयाँ पुगेको छ भने बचत नौ अर्ब ५६ करोड रुपैयाँ छ । संस्थाले एक हजार ३१६ करोड रुपैयाँ ऋण लगानी गरेका छ । जगेडा तथा अन्य कोषमा एक अर्ब रुपैयाँ रहेको गिरीले बताए ।

जेठ मसान्तसम्म संस्थाको वासलात १५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ भने सहाराले आगामी १० वर्षभित्र एक खर्ब रुपैयाँको वासलातको लक्ष्य बनाएको प्रमुख कार्यकारी गिरीले जानकारी दिए ।

२७ वर्षमा आइपुग्दा संस्थाले दुईवटा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको जनाइएको छ । लघुवित्तमार्फत महिला सशक्तीकरणमा योगदान पुर्याएबापत सन् २०१२ मा सियुएमआइ पर्फमन्स अवार्ड र सदस्यहरुको संरक्षणमा काम गरेबापत सन् २०२१ मा स्मार्ट सर्टिफिकेट प्राप्त गरेको हो ।

Adv sidebar_2

संस्थाले गरिबी निवारण, स्वास्थ्य, शिक्षा, जैविक विविधता तथा वातावरण संरक्षण, खाद्य सुरक्षा, स्वच्छ ऊर्जाका क्षेत्रमा काम गर्दै दिगो विकास लक्ष्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

त्यस्तै, रोजगारी सिर्जनामा योगदान, कृषि क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग, पशुपालनमा किसानलाई सहयोग, लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा योगदान पुर्याउँदै आएको छ ।

यसैबीच, नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद निरौला, महिला उपाध्यक्षमा पवित्रा लिम्बू, प्रथम उपाध्यक्षमा छविलाल खतिवडा, द्वितीय उपाध्यक्षमा ज्ञानुनाथ मैनाली, कोषाध्यक्षमा डम्बरबहादुर देउजा र सह–कोषाध्यक्षमा नेत्रबहादुर नेपाल छन् ।

त्यस्तै, सदस्यमा भीमबहादुर खवास, भोला धिताल, लक्ष्मीप्रसाद आचार्य, शंकरप्रसाद रिजाल, पार्वता गिरी, विन्दु श्रेष्ठ, नर्वदा संग्रौला र गुहेश्वरी कार्की सर्वसम्मत चयन भएका हुन् ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा उपेन्द्रप्रसाद ओली, सदस्यमा पर्शुराम कठेत र शंकर सुवेदी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer