२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

प्रदेश १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको अध्यक्षमा गिरी सर्वसम्मत


बिर्तामोड, असार २७ । प्रदेश १ थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघको प्रारम्भिक साधारणसभाले ९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ ।

Adv sidebar_3

झापाको दमकमा आयोजित प्रारम्भिक साधारणसभाले चार वर्षे कार्यकालका लागि महेन्द्रकुमार गिरीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरेको हो ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा प्रदेश १ का इन्चार्ज गणेश ढकालको संयोजकत्वमा गठित निर्वाचन समितिले गिरीसहित सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

लिमिटेडको उपाध्यक्षमा टिकादत्त वन र सचिवमा प्रेम सापकोटा, सदस्यहरुमा केवलीराम आचार्य, चित्रमान प्रधान, वीरेन्द्र यादव, सन्तोषकुमार मण्डल, रुकमणि कार्की र नविन खरेल सर्वसम्मत भएका हुन् ।

त्यस्तै संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा अमृत गुरुङ र सदस्यहरुमा गोपाल पौडेल तथा हरिकृष्ण अधिकारी चुनिएका छन् ।

कार्यक्रममा अध्यक्ष गिरीले सहकारीको उत्पादन, सहकारीद्वारा बजारीकरण भन्ने मुल नारालाई आत्मसात गर्दै प्रारम्भिक सहकारीहरु तथा सहकारीका सदस्यहरुलाई व्यवसाय गर्न प्रोत्साहित गर्न लिमिटेडको स्थापना गरिएको र सोहीअनुसार काम गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

आ–आफ्नो ढङ्गले व्यावसायिक कारोबार गरिरहेका प्रारम्भिक सहकारीहरुलाई एकाकार बनाएर खाद्यान्न, स्टेशनरी, मायाको चिनो, कृषि मेसिनरी साथै प्रारम्भिक सहकारी तथा शेयर सदस्यहरुको उत्पादनलाई बजारीकरण गरी एकद्वारा प्रणाली पनि निर्माण गरिने योजना र लक्ष्य रहेको पनि अध्यक्ष गिरीले जानकारी दिए ।

प्रदेश १ का कृषि तथा पशुपन्छी विकासमन्त्री झलकबहादुर दर्लामी मगरको प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोहमा झापा जिल्ला बचत संघका अध्यक्ष तुलाराम न्यौपाने, झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दङ्गाल, उपाध्यक्ष प्रेमकुमार कोइराला, केन्द्रीय कृषि संघका उपाध्यक्ष मिना ढकाल लगायतले शुभकामना मनतव्य राखेका थिए ।

प्रदेश सहकारी रजिष्ट्रार कार्यालय इटहरीमा एक वर्षअघि असार ९ गते दर्ता भएको लिमिटेड प्रदेश १ का ३६ वटा प्रारम्भिक सहकारी संस्थाहरुले एक करोड ३६ लाख रुपैयाँ पुँजी संकलन गरी स्थापना गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer