
बिर्तामोड, असार ३० । पछिल्लो समय झापाका ग्रामीण क्षेत्रमा भइरहेको घटनामा रहेर लघु चलचित्र बन्ने भएको छ ।
बलत्कारजस्तो जघन्य अपराध बढिरहेको सन्दर्भमा बिएसबी इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा लघु चलचित्र ‘क्राइम’ बन्ने भएको आज बिर्तामोडमा पत्रकार भेटघाट गरेर जानकारी दिइयो ।

साउन २ गतेबाट झापाका विभिन्न स्थामा छायांकन हुने चलचित्रलाई रोहन राईले लेखन तथा निर्देशन गर्ने छन् । ६० मिनेटको चलचित्रको छायांकन दुई हप्तामा सकिनेछ ।

राजन थापा निर्माता रहेको चलचित्रमा तीर्थ सिग्देल (नेपाल), प्रनिस पौडेल (अमेरिका), सम्बल आचार्य (अमेरिका), विशाल बिमली (नेपाल), भुवन बाँस्कोटा (जापान) र प्रशंसा बाँस्तोला (जापान) सहनिर्माता छन् ।

मनोज राईको प्रस्तुति रहेको चलचित्रको सहनिर्देशन रतन सिंगु लिम्बू, द्वन्द्व निर्देशक विपिन प्रसाईं, शृंगारमा पदम तामाङ र क्यामेराममा सन्तोष राना मगर रहेका छन् ।

चलचित्रमा राजन थापा, राज शेर्मा, पूर्णिमा लिम्बू, सविना बस्नेत, बिजु राई, किरण जवेगू, राजु गौतम, अजित राना मगर, नवराज दंगाल, खेमराज दंगाल, सुवास अधिकारी, अनिल राई, सुनिल विश्वकर्मा, माणिक रेग्मी, सनम राई, बिमल महरा, कैलाश कट्टेल, कुमार रायको अभिनय रहेको छ ।

यसअघि ‘मिसन बिर्तामोड’ लघु चलचित्र बनाएर लगानी उठाएको यो टिमले क्राइम बनाउन सात लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

 
            

 
    
     
    
     
    
     
    
     
    
     
    
    
 

 
    