२०८१ असार २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड कोरा साइक्लिङ च्यालेन्ज सम्पन्न


बिर्तामोड, असार ३२ । बिर्तामोड कोरा साइक्लिङ च्यालेन्जले आज शनिबार ४२.५८ किलोमिटरको साइकल यात्रा सम्पन्न गरेको छ ।

नेपालीहरुलाई साइकल पर्यटनबारे अझ धेरै जानकारी होस् भनेर ८६ जनाको साइकल राइडरहरुले ४२.५८ किलोमटिरको यात्रा पूरा गरेका हुन् ।

Adv sidebar_3

प्रत्येक वर्ष जुलाई महिनाको तेस्रो शनिबार वार्षिक रुपमा कोरा साइक्लिङ च्यालेन्ज हुँदै आएको यात्राका संयोजक आकाश श्रेष्ठले जानकारी दिए ।

४२.५८ किलोमिटर तराई तथा बुद्धशान्ति आदर्श नमुना वनको बाटोमा यात्रा गर्दा पर्यटन प्रबर्द्धनमा समेत टेवा पुगेको यात्राको संयोजन गरेका श्रेष्ठले बताए ।

झापाको बिर्तामोडबाट निस्किएको टोली अर्जुनधाराको प्रणामी टोल हुँदै जयपुर बुधबारेबाट सामुदायिक वनक्षेत्रमा एक फन्को लगाएर सात नम्बर भएर कालिस्थानबाट सालबारीको बाटो बिर्तामोडमा आएर टुंगिएको थियो ।

यात्रामा प्याक एन्ड पेडल, रोट्र्यक क्लब अफ बिर्तामोड, बाल्मीकि लिंकन कलेज, इन्द्रेणी ब्यांक्वेट र बुद्धशान्ति राइडर्सको विशेष सहयोग रहेको थियो ।

Adv block_7_1

तिब्बती बौद्ध धर्ममा कोरा भनेको भगवानलाई तपाईंको सम्मान देखाउनको लागि गरिएको कुनै पनि मन्दिरको घडीको घुमाउरो परिधि हो । यो शब्द बौद्ध धर्मबाट आएको भए पनि हिन्दुहरूले समेत आफूले पार गरेको मन्दिरको परिक्रमा गर्छन् ।

Adv sidebar_1

यात्राले प्रणामी मन्दिरलाई परिक्रमा गरेर बाटोमा रहेका अन्य धार्मिकस्थलको समेत अवलोकन गरेको थियो ।

यात्रामा १५ देखि ७० वर्ष उमेरका बिर्तामोड, झिलझिले, बुद्धशान्ति, शनिश्चरे, भद्रपुरका राइडरहरुले सहभागिता जनाएका थिए । सहभागी सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

श्रेष्ठका अनुसार बिर्तामोड कोरा साइक्लिङ च्यालेन्ज २०२२ आयोजना गरेर पाराएथ्लेटिक्स यमलाल रसाइलीको परिवारलाई सहयोग गर्न कोष संकलन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer