२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा सुरु भयो अनलाइन सवारी सेवा ‘सेवक’


बिर्तामोड, साउन ५ । प्रदेश नम्बर १ का यात्रुलाई लक्षित गरी झापाको बिर्तामोडमा अनलाइन सवारी सेवा ‘सेवक’ सञ्चालनमा आएको छ ।

सेवक बिजनेस प्रालिले काठमाडौँको अनलाइन सवारी सेवा प्रदायक पठाओ, इनड्राइभ जस्तै आफ्नो सेवा प्रदान गर्ने सञ्चालक दिपक चौहानले जानकारी दिए ।

Adv sidebar_3

तीनजना युवा व्यवसायी सन्तोष मगर, चौहान र तिलक राईले अनलाइन सवारी सेवा सेवक सञ्चालनमा ल्याएका हुन् । यो सेवा बिर्तामोड, काँकरभिट्टा, दमक, इटहरी, धरान, विराटनगरमा उपलब्ध हुनेछ ।

पहाडी जिल्लाका ठुला सहरमा पनि सेवा विस्तारका लागि छलफल चलिरहेको सञ्चालकले बताएका छन् । सञ्चालक चौहानले समय र दूरीका आधारमा भाडादर निर्धारण गरिएको बताए ।

यो सेवा लिनका लागि यात्रुले आफ्नो मोबाइलमामा सेवक प्रोभाइडर एप डाउनलोड गर्नु पर्नेछ । ‘मोबाइल एपमार्फत् सेवाग्राहीले गाडी बुकिङ गर्न सक्नुहुन्छ’, उनले भने, ‘सवारी साधन आवश्यक भएकाहरुले घरमै बसेर सेवा लिन सक्नेछन् ।’

अर्का सञ्चालक तिलक राईले अनलाइनमार्फत मोटरसाइकल, अटो र ट्याक्सी बुक गर्न सकिने बताए । उनले विद्युतीय सवारीलाई प्राथमिकता दिएर भाडादर घटाउने आफूहरुको योजना रहेको पनि सुनाए ।

त्यस्तै, अर्का सञ्चालक सन्तोष मगरले आफूहरुसँग हाल २ सय वटा मोटरसाइकल, ५० वटा अटो र ८० वटा ट्याक्सी सेवा दिनका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।

एक कार्यक्रमका बीच बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले सेवकको कार्यालय उद्घाटन गरे । अध्यक्ष शिवाकोटीले पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा अनलाइन सवारी सेवा सञ्चालनमा आउनु सुखद भएको भन्दै नयाँ सोच भएका युवाहरुले नयाँ व्यापार सञ्चालन ल्याएकोमा शुभकामना पनि दिए ।

Adv block_7_1

उनले भने, ‘यस्ता कामको राज्यले सहयोग गर्नु पर्छ, स्मार्ट सिटी बनाउन स्मार्ट व्यवसायको भूमिका पनि महत्वपूर्ण हुन्छ ।’ यात्रु ठगिने र लुटिने समस्या सेवकले हटाउन सकोस् भन्दै उनले सवारी चालक जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

त्यस्तै, संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले गाडी भाडामा मनपरी रहेकाले सेवक सञ्चालनमा आएसँगै भाडादरमा एकरुपता आउनुका साथै यात्रुले लाभ पाउने विश्वास व्यक्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी बिर्तामोडका संयोजक शम्भुप्रसाद भण्डारीले सेवकको सफलताको कामना गरेको कार्यक्रममा संघ बिर्तामोडका सचिव कुशल खतिवडा, सदस्य जीवनकुमार खड्का लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer