२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

एक्सेल डेभलपमेन्ट बैंक अठारौँ वर्षमा


बिर्तामोड, साउन ६ । झापाको पहिलो विकास बैंक एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड अठारौँ वर्षमा प्रवेश गरेको छ ।

बैंकले वित्तीय कारोबार सञ्चालन सुरुवात गरेको १७ वर्ष पूरा भएको छ । बैंकले १७ औँ वार्षिकोत्सवको अवसरमा हिजो बिर्तामोडमा रक्तदान कार्यक्रम गरेको थियो ।

Adv sidebar_3

कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको थियो । सोही अवसरमा आज बिर्तामोडमा विभिन्न वित्तीय चेतनामुलक प्लेकार्डसहित प्रभातफेरी सम्पन्न गरिएको थियो । वार्षिकोत्सव कार्यक्रम औपचारिक रुपमा सिद्धार्थ होटलमा आयोजना गरिएको थियो ।

बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पाँचथरका विभिन्न ४४ स्थानमा शाखा कार्यालयहरुमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

चालु आर्थिक वर्षमा प्रदेश नम्बर १ भरि आफ्नो कारोबार सञ्चालन गर्ने उद्देश्यका साथ आवश्यक न्यूनतम चुक्ता पुँजी पूरा गरिसकेको हुनाले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै कार्यक्षेत्रभित्रका जिल्लामा थप नयाँ शाखाहरु स्थापना गर्ने लक्ष्य लिएको छ ।

Adv block_7_1

सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेलले स्वागत मन्तव्यसहित बैंकको वर्तमान गतिविधिको बारेमा जानकारी गराएका थिए ।

बैंकका संस्थापक शेयरधनी डा. रुपक खनाल, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ संस्था तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले बैंकको उन्नतिका लागि शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer