२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

शैक्षिक परामर्शका लागि बिर्तामोडमा खुल्यो ग्रेस इन्टरनेसनल


बिर्तामोड, साउन ९ । विदेशमा अध्ययनका लागि शैक्षिक परामर्श दिने उद्देश्यले झापाको बिर्तामोडमा ग्रेस इन्टरनेसनलको शाखा सञ्चालनमा आएको छ ।

आज एक कार्यक्रमका बीच ग्रेस इन्टरनेसनलका केन्द्रीय प्रबन्ध निर्देशक एन्ड्रयु पौडेल र ज्येष्ठ नागरिक तुलसीराम धितालले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन् ।

Adv sidebar_3

बिर्तामोडको केन्द्रमा रहको हनुमान सेन्ट्रलको चौथो तल्लामा रहेको ग्रेस इनटरनेसनल नेपालको यो १० औँ शाखा हो । मुख्य कार्यालय काठमाडौँमा रहेको छ ।

विगत १६ वर्षदेखि सञ्चालनमा रहेको नेपालमा एक विश्वासिलो शैक्षिक परामर्श दाताको पहिचान बनाउन सफल भएको ग्रेसका बिर्तामोड शाखाका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिपेन्द्र राउतले बताए ।

विश्वका विभिन्न देशहरूमा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुका लागि सम्पूर्ण परामर्श प्रदान गर्दै आएको देशकै ठुलो मध्येको एक शैक्षिक परामर्श दाता संस्था रहेको बिर्तामोडमा शाखाका सञ्चालक तथा शाखा प्रमुख पर्वत धितालले जानकारी दिए ।

ग्रेसले अस्ट्रेलिया, क्यानडा, युके, न्युजिल्यान्ड, अमेरिका लगायतका देशमा विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि पठाउँदै आएको छ ।

‘अस्ट्रेलियाका अधिकांश युनिभर्सिटी, हाइयर कलेज लगायतको आधिकारिक एजेन्सीको रुपमा काम गर्ने भएकोले ग्रेसमा विद्यार्थीले धेरैभन्दा धेरै विकल्प पाउन सक्ने राउतल बताए ।

विद्यार्थीको चाहना, क्षमता र आर्थिक तथा पारिवारिक अवस्थाका आधारमा विद्यार्थीलाई उनीहरूले चाहेकै अप्सन दिन सक्ने भएकाले पनि ग्रेस विद्यार्थीको पहिलो रोजाइ बन्दै आएको सञ्चालकको भनाइ छ ।

Adv block_7_1

विद्यार्थीले चाहेको देश, चाहेकै कलेज तथा युनिभर्सिटी र चाहेकै कोर्स तथा विषयमा पठाउन सक्ने भएकाले भोलिका दिनमा झापा, इलामलगायत विद्यार्थीको पहिलो रोजाइ ग्रेस बन्ने कार्यक्रमका प्रमुख अतिथि तथा प्रबन्ध निर्देशक एन्ड्रयु पौडेलले बताए ।

नेपालमा १० वटा शाखा, अस्ट्रेलियाका सातवटै राज्यमा सातवटा लगायत भारतको दिल्ली, पाकिस्तान लगायतका ठाउँबाट विद्यार्थीहरूलाई सेवा दिँदै आएको ग्रेसले बिर्तामोडमा आफ्नो सेवा विस्तार गरेको हो ।

नेपालबाट मात्रै ३० हजारभन्दा बढी विद्यार्थीलाई सेवा प्रदान गरिसकेको ग्रेसले विद्यार्थीलाई करियर काउन्सिलिङ, भिसा प्रोसेसिङ, डकुमेन्टेसन लागायतका सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।

विद्यार्थीलाई नेपाल बाट पठाउने, अस्ट्रेलिया पुगेका विद्यार्थीलाई पनि आफ्नो अध्ययन अवधिभर कुनै प्रकारको शैक्षिक समस्या आइपरेमा सहयोग गर्ने भएकाले ग्रेस विद्यार्थी र अभिभावक दुवैको पहिलो रोजाइमा परेको सञ्चालकको दाबी रहेको छ ।

उद्घाटन कार्यक्रममा बिर्तामोड प्याब्सनका अध्यक्ष उत्तम खनाल, इक्यान झापाका निवर्तमान अध्यक्ष सुमन शर्मा जमरकट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्रणित पुडासैनीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer