२०८१ असार २५ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

ब्याडमिन्टन कोर्टमा ओलीको एक घण्टा ‘ट्याकल’


बिर्तामोड, साउन १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खेलप्रेमी मात्र होइनन्, खेलाडी पनि हुन् । उनी आक्कलझुक्कल खेलमैदानमा झुल्किरहन्छन् ।

Adv sidebar_3

उनी कुनै समय नियमित जस्तो ब्याडमिन्टन खेल्थे । ब्याडमिन्टन खेल्न छोडेको १२ वर्षपछि बुधबार गृहजिल्ला झापा पुगेका ओली बिहीबार बिहानै फेरि ब्याडमिन्टन कोर्टमा सटललाई र्‍याकेटमा राखेर देखिए ।

बिर्तामोडको महानन्दचोकमा रहेको बिग ब्रदर्स कबर्ड हलमा पुगेका उनले करिब एक घण्टा खेले । एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलको घरनजिकै रहेको सो हलमा खरेल नियमित ब्याडमिन्टन खेल्ने गर्छन् ।

उनले घरि सटललाई र्‍याकेटमा राखेर सर्भिस गरे । विपक्षी टोलीले हानेको प्रहारलाई रिसिभ गर्ने क्रममा कहिले ब्याक ह्यान्ड, कहिले फोरह्यान्ड र स्म्यासमै एक घन्टा खर्च गरे । देखिजान्नेहरुका अनुसार उनको ट्याकल खेलको नियमभित्रै थियो ।

यसअघि पनि खेल तथा खेलाडीलाई उच्च मनोबल दिलाउन आफूले पनि विगतमा विभिन्न खेल खेल्ने गरेको बताउँदै आएका ओलीले बिहीबार ब्याडमिन्टन खेलेरै देखाए।

Adv block_7_1

खरेलका अनुसार झापा जाने कार्यक्रम तय भएपछि उनले शारीरिक व्यायाम गर्ने भए ब्याडमिन्टन खेल्न सकिने जानकारी गराएका थिए ।

ओलीले जेलमा बस्दा नै ब्याडमिन्टन सिकेका थिए । त्यसपछि पनि खेलिरहन्थे । तर, खुट्टा मर्किएपछि ओलीले ब्याडमिन्टन खेल्न छाडेको १०-१२ वर्ष नै भएको खरेलले सुनाए ।

बिहीबार झापामा ओली र भलिबलका पूर्व राष्ट्रिय खेलाडी प्रभा काङबाङको जोडी र खरेल र कुमार राईको जोडीले झन्डै एक घण्टा खेलेको थियो ।

पाको शरीरका बाबजुद उनले देखाएको उत्साह खेलप्रेमीका लागि प्रेरणादायी थियो । मानिसलाई स्वस्थ रहनका लागि खाना, व्यायाम र आराम महत्वपूर्ण रहेको ओलीको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer