२०८२ असार २५ बुधबार
Jhapa Today
Adv top

शनिश्चरेका प्रधानाध्यापक खनालद्वारा चरम आर्थिक अनियमितता


बिर्तामोड, साउन १२ । अर्जुनधारा–८ को शनिश्चरे माविका प्रधानाध्यापक चेतामणि (सीएम) खनालले विद्यार्थी नपढाए पनि तलब र भत्ता बुझिरहेको पाइएको छ ।

Adv sidebar_3

त्यस्तै, उनको प्रत्यक्ष संलग्नतामा चरम आर्थिक अनियमितता पनि भएको विद्यालयको शिक्षक–अभिभावक संघद्वारा तयार पारिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘प्रधानाध्यापकले कक्षा ११ र १२ मा स्वास्थ्य र शारीरिक शिक्षा विषय अध्यापन गरेको भनि तलब र भत्ता बुझेका छन् । जबकि उनले अहिलेसम्म ती दुई कक्षामा पाइलासम्म टेकेका छैनन् ।’

संघको गत असार २ गतेको बैठकले आर्थिक वर्ष २०७६-०७७ र २०७७-०७८ को सामाजिक परीक्षण प्रतिवेदन अध्ययन गरी सुझावसहित पेस गर्न गंगाप्रसाद भण्डारीको संयोजकत्वमा उपसमिति बनाइएको थियो ।

Adv block_7_1

अध्ययन समितिले प्रधानाध्यापक खनालले पेसागत अधिकारको चरम दुरुपयोग गरी पदीय दायित्व बिर्सिएर आर्थिक अनियमितता गरेको पाइएकाले कारबाहीका लागि सिफारिस गरेको छ ।

प्रचलित नियमअनुसार उक्त विषयमा अध्यापन गराउन उनको योग्यता समेत पुग्दैन । ‘योग्यता नै नपुग्ने विषयमा पढाइरहेको भनी तलब र भत्ता बुझ्नु कतिको न्यायोचित हो’, शिक्षक–अभिभावक भेलामा एक अभिभावकले प्रश्न गरे ।

आर्थिक वर्ष २०७६÷०७७ मा अन्तर मावि भलिबल प्रतियोगिताका लागि खेलकुद सामग्री खरिदमा ३० हजार रुपैयाँ खर्च भएको भनी फर्जी बिल पेस गरिएको पाइएको छ ।

विजयी भलिबल टिमका साथ खनाल । (रातो घेरामा)

उनले आफ्नै पसल खनाल कम्युनिकेसनबाट ट्रफी, मेडल खरिद गरेको भनी ११ हजारको एउटा र मेडल र प्रमाणपत्र खरिद गरेको भनी ३ हजार बराबरको अर्को बिल बनाएर पेस गरेको पाइएको छ । अर्जुनधारा इम्पेक्स नामको अर्को पसलबाट ८ हजार मूल्यको भलिबल नेट खरिद गरिएको उल्लेख छ ।

भलिबल प्रतियोगिता गर्न अर्जुनधारा नगरपालिकाले ३० हजार आर्थिक सहयोग गरेको थियो । नगरपालिकाले डेढ वर्षअघि नै भुक्तानी लिन बोलाएपनि फर्जी बिलका कारण भुक्तानीका लागि उनी नगएको अध्ययन समितिमा रहेका एक शिक्षकले जनाए ।

‘नगरपालिकाले २०७६ चैत १८ गते तोकादेश गरेर भुक्तानीका लागि बोलावट भएको पाइएको छ,’ ती शिक्षकले भने, ‘तर विद्यालयले ३० हजार अनुदान अहिलेसम्म बुझेको छैन ।’

आर्थिक वर्ष २०७७÷०७८ को प्राप्ति तथा भुक्तानी खाता शीर्षकमा लेखापाल रुद्र पौडेलको नाममा ४६ हजार ३ सय ६० रुपैयाँ पेस्की उल्लेख भएपनि लेखापाल पौडेलले आफूले उक्त रकम नबुझेको दाबी गरेका छन् ।

उनले गत असार १० गते शिक्षक अभिभावक संघलाई निवेदन दिएर आफूले पेस्की नलिएको दाबी गरेका छन् ।

यसैबीच, हालसालै शिक्षक छनोट समितिलको एक बैठकमा विज्ञ र शिक्षकहरुलाई यातायात र खाजा खर्च विवरणको भर्पाइमा हस्ताक्षर गराइएको तर रकम उल्लेख नगरिएको पाइएको छ ।

शैक्षिकसत्र २०७५ मा प्रधानाध्यापक खनालको ३२ दिन ऋणात्मक बिदा देखिन्छ । जबकि उनले २०७६ को शैक्षिकसत्रमा सञ्चित बिदा ५ दिन भएको भनी आफैँ प्रमाणित गरेको पाइएको छ । प्रधानाध्यापक खनालले भने आफूले विद्यालयको हितविपरीत काम नगरेको दाबी छन् ।

शनिश्चरे मावि झापाको पुरानो विद्यालय हो । यो विद्यालय २००५ सालको स्थापना भएको थियो ।

Adv footer