२०८१ असार २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

साफ यु २०: आज नेपाल र भारत खेल्दै


बिर्तामोड, साउन १५ । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । दुई देशबीचको खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा बेलुका सवा सात बजे सुरु हुनेछ । भारत प्रतियोगिताको साविक विजेता हो ।

Adv sidebar_3

मुख्य प्रशिक्षक मेघराज केसीले भारतसँगको आजको खेल नेपाली समर्थकका लागि विशेष रहने बताएका छन् । आजको खेल नेपाल र भारत दुवैका लागि महत्त्वपूर्ण छ । भारतलाई हराउन सकेमा नेपाल शीर्ष स्थानमा उक्लिनेछ ।

नेपाललाई हराएमा भारतको फाइनल पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले जितेमा नेपाल र बङ्लादेश फाइनलमा पुग्नेछन् भने बराबरी भएमा बङ्लादेश फाइनल पुग्ने पहिलो टोली हुनेछ । दोस्रो टोलीका लागि लिग चरणको अन्तिम दिन कुर्नुपर्नेछ ।

प्रतियोगिताको अङ्क तालिकामा बङ्लादेश शीर्ष स्थानमा छ । उसको ३ खेलमा ९ अङ्क छ । नेपाल दोस्रो स्थानमा छ । नेपालको २ खेलमा ६ अङ्क छ । भारत २ खेलमा ३ अङ्कसाथ तेस्रो स्थानमा छ । पुछारमा रहेका माल्दिभ्स र श्रीलङ्काले अङ्क जोड्न सकेका छैनन् ।

Adv block_7_1

प्रतियोगिताको समूह चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले मङ्गलबार बङ्लादेशसँग खेल्नेछ । फाइनल खेल शुक्रबार हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer