२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

युनिकम सदस्यलाई नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम


बिर्तामोड, साउन १६ । सदस्यको नेतृत्व विकासका लागि नेपाल व्यापार कर्मचारी संघ (युनिकम) नेपालले तीन दिने क्षमता अभिबृद्धि तालिम सुरु गरेको छ ।

Adv sidebar_3

इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा सुरु भएको तालिमको उद्घाटन प्रमुख अतिथि सार्क चेम्बर अफ कर्मसका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले गरेका थिए ।

ढकालले यस प्रकारको तालिमले मानिसको व्यक्तिगत र सामाजिक विकासमा सहयोग पुग्ने भन्दै आयोजकप्रति धन्यवाद व्यक्त गरे । त्यस्तै, कार्यक्रमका विशेष अतिथि सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाप्रसाद बरालले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

त्यस्तै, संघका केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलले व्यापार क्षेत्रमा काम गर्ने कामदारलाई घरेलु कामदारको रुपमा हेरिने गरेकोमा त्यसमा पछिल्लो सयम परिवर्तन आएको बताए ।

Adv block_7_1

केन्द्रीय अध्यक्ष पौडेलले युनिकमले व्यापारिक क्षेत्रमा गरिने कामलाई स्मार्ट जब बनाउने अभियान चलाइरहेको बताए । निजी क्षेत्रमा ठुलो हिस्साले काम गरिरहेको बताउँदै उनले कामदारले पनि आफ्नो क्षमतालाई भरपुर सदुपयोग गर्न सक्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष टिकाराज ढकालले सर्वप्रथम मानिसले आफूले आफैँलाई नेतृत्व गर्नुपर्नेमा जोड दिँदै स्थापित हुनका लागि व्यक्तित्व र नेतृत्व विकास जरुरी रहेको धारणा राखेका थिए ।

निजी क्षेत्रमा काम गर्ने कामदारको हितका निम्ति सदैव अग्रसर युनिकमप्रति उनले आभार प्रकट पनि गरेका थिए । तालिममा सहभागीलाई युएनआइकय एप्रो प्यासिफिकका प्रोग्राम को–अर्डिनेटर तिलकजंग खड्का (कल्याण)ले प्रशिक्षण दिँदैछन् ।

नेतृत्व विकासबारेमा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र संघका केन्द्रीय अध्यक्ष पौडेलले समेत प्रशिक्षण दिनेछ ।

युनिकम झापा अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत युनिकमका केन्द्रीय महासचिव लेखनाथ दाहालले गरेका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा युनिकमका केन्द्रीय कोषाध्यक्ष दुर्गा भट्ट, उपाध्यक्ष रविन भुषाल, केन्द्रीय सदस्यहरुसहित बाग्मती, प्रदेश १ का युनिकम सम्बद्ध पादधिकारी तथा सदस्यहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer