२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापाको मौसम शीतल र घमाइलो


बिर्तामोड, साउन ३० । अहिले झापा जिल्लाको मौसम शीतल र घमाइलो भएको छ । बिहानैदेखि मौसम खुलेर घमाइलो भएको हो ।

No description available.

झापासहित प्रदेश–१ र मधेस प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम बदली भएको छ भने बाँकी ठाउँको मौसम खुलेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

This image has an empty alt attribute; its file name is aadarsa-1.png

यद्यपि, प्रदेश–१ का केही ठाउँमा सामान्य बदली हुने मौसम महाशाखाले जनाएको छ । भरे राति भने पूर्वी क्षेत्रका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको छ ।

आउँदो तीन दिनसम्म ठुलो पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद् अधिकारीले बताए । मनसुनको न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेकोले ठुलो पानी पर्ने सम्भावना नरहेको हो ।

Adv sidebar_3

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer