२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

महिला साफ: भारत निलम्बनमा पर्दा नेपाल च्याम्पियन बन्ने सम्भावना


बिर्तामोड, साउन ३१ । फिफाको निलम्बनसँगै भारतले यही भदौमा हुने महिला साफ च्याम्पियनसिपमा खेल्न नपाउने भएको छ ।

No description available.

प्रतियोगिताबाट भारत बाहिरिएसँगै नेपाल टोली च्याम्पियन बन्ने सम्भावना बलियो भएको छ । भदौ २१ देखि असोज २३ गतेसम्म दशरथ रंगशालामा महिला साफ च्याम्पिनसिप हुँदैछ ।

This image has an empty alt attribute; its file name is aadarsa-1.png

हालसम्म ५ संस्करणमध्ये नेपाल चारपटक फाइनलमा भारतसँग पराजित भएको छ । सन् २०१५ मा भने नेपाल भारतसँग सेमिफाइनलमा रोकिएको थियो ।

Adv sidebar_3

पाँचौँ संस्करण विराटनगरमा भएको थियो । त्यति बेला नेपाल भारतसँग पराजित भएको थियो । साफमा नेपालको तगारो भारत मात्र हो ।

No description available.

अब महिला साफ च्याम्पियनसिपमा ६ टोलीबीच मात्र प्रतिस्पर्धा हुने भएको छ ।

च्याम्पियनसिपको छैटौँ संस्करणमा आयोजक नेपालसँगै श्रीलंका र भुटान एउटै समूहमा छन् । नेपालले हालसम्म साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानविरुद्ध सबै खेलमा जित्दै आएको छ ।

भारत बाहिरिएपछि समूह ए मा अब बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहने छन् ।

भारत च्याम्पियनसिपको साविक विजेता हो । पहिलाको भन्दा अब च्याम्पियनसिपमा ३ खेल कम गरि ९ खेल मात्र हुनेछ ।

Adv sidebar_4

समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । त्यस आधारमा समूह चरणमा ६ खेल तथा २ सेमिफाइनल र फाइनल खेल हुनेछ । साफले अब खेल तालिका भने संशोधन गर्ने सम्भावना रहन्छ ।

कुमार थापाको मुख्य प्रशिक्षणमा नेपाली टोलीले साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । पहिलो चरणमा ५८ खेलाडी छनोट भएका थिए भने अहिले ३५ खेलाडीले प्रशिक्षण गरिरहेका छन् ।

बाहिरी शक्ति हावी भएको उल्लेख गर्दै फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) लाई निलम्बन गरेको हो । फिफाले यसअघि नै पटकपटक चेतावनी दिए पनि भारतमा विधानविपरीत काम हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer