२०८१ असार २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुदका लागि झापामा छनोट सुरु


बिर्तामोड, भदौ ४ । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा शनिबारदेखि जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता औपचारिक रुपमा सुरु भएको छ ।

Adv post

झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा मेची रङ्गशालामा औपचारिक रुपमा प्रतियोगिता सुरु भएको हो ।

समितिका अध्यक्ष तथा कराते प्रशिक्षक भेषराज भण्डारी (प्रशान्त)को अध्यक्षतामा आयोजित एक समारोहका बीच प्रदेश नम्बर १ को खेलकुद विकास बोर्डका सदस्य सचिव एवम् पूर्वखेलाडी हंशराज वाग्लेले प्रतियोगिता उद्घाटन गरे ।

समितिकी उपाध्यक्ष गंगाा कोइराला भुर्तेलले स्वागत र सचिवालय सदस्य एवम् प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि वाग्लेले अन्तर्राष्ट्रिय जगतमा देशको नाम स्थापित गर्नसक्ने खेलकुद क्षेत्रलाई कुनै पनि सरकारले प्रथमिकतामा नराख्नु दुखद् भएको बताए ।

This image has an empty alt attribute; its file name is aadarsa-1.png

समितिका अध्यक्ष भण्डारीले कुशल खेलाडी उत्पादन गर्न छनोट प्रक्रियालाई पनि प्रतियोगितात्मक बनाइएको जानकारी दिए । उनले प्रतियोगिता सफल बनाउन सबै पक्षबाट सहयोगको अपेक्षा गरे ।

Adv sidebar_3

झन्डै ९ सय खेलाडी सहभागी हुने बताइएको जिल्लास्तरीय यस प्रतियोगिताको पहिलो दिनकोे खेलबाट खोखोको महिला÷पुरुष र महिला भलिबलका खेलाडीहरु छनोट भएको प्रवक्ता दुर्वासा कार्की ‘जगन’ले बताए ।

हक्कीका पनि खेलाडी छनोट अन्तिम चरणमा पुगेको छ भने प्रतियोगितामा पहिलोपटक समावेश गरिएको आर्चरीका लागि पनि खेलाडी तयार रहेको बताइएको छ ।

Adv sidebar_4

प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, भारत्तोलन, टेबल–टेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, वास्केटबल, बुद्धिचाल, आईटीएफ तेक्वान्दो, सुटिङ, खोखो, पौडी, शारीरिक सुगठन, सेपात्राका, जिम्नाष्टिक, हक्की, साइक्लिङ र आर्चरी समावेश गरिएको छ ।

आइतबारदेखि जिल्लाका विभिन्न स्थानमा छुट्टाछुट्टै विधाका खेलहरु हुने कार्यालय प्रमुख शिवकुमार नेम्वाङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer