बिर्तामोड, भदौ ४ । नेपाल मगर संघको झापा मेचीनगर वडा नम्बर १० को एक भेलाले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
धुलाबारीमा सम्पन्न संघको प्रथम अधिवेशनले एलिन लुंगेली मगरको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा एसिका पुलामी मगर, सचिवमा किसन राना मगर, उपसचिवमा सञ्जोग थापा मगर र कोषाध्यक्षमा सागर लुंगेली मगर चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा अम्बिका आले मगर, मिना मगर, आशा मगर, मेनुका थापा मगर, धनमाया थापा मगर, सरिता रिखम मगर र समर थापा मगर चयन भएको सल्लाहकार सदस्य धनराज लुंगेली मगरले जानकारी दिए ।
संघको मेचीनगर संयोजक विकास थापा मगरको अध्यक्षतामा भएको भेलामा संघका केन्द्रीय सदस्य हरि थापा मगर प्रमुख अतिथि रहेका थिए ।
भेलामा संघ झापाका पूर्वअध्यक्ष मणिराज लुंगेली मगर, जिल्ला सदस्य गम्भीरध्वज मगर, मेचीनगर १० का वडा अध्यक्ष नारायण खनाललगायतले शुभकामना व्यक्त गरेका थिए ।