२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा केल्मीको आउटलेट


बिर्तामोड, भदौ ७ । अन्तर्राष्ट्रिय ब्रान्ड केल्मीको नयाँ आउटलेट झापाको बिर्तामोडमा सञ्चालनमा आएको छ ।

This image has an empty alt attribute; its file name is aadarsa-1.png

पाँच वर्षयता नेपालमा गुणस्तरयुक्त खेलकुद सामग्री बिक्रीवितरण गर्दै आएको केल्मी नेपालको अर्को आउटलेट झापाको प्रमुख बजार बिर्तामोडमा सञ्चालनमा आएको हो ।

Adv sidebar_3

आज मंगलबार एक कार्यक्रमका बीच झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीलगायतले आउटलेटको उद्घाटन गरे ।

No description available.

व्यवसायी आस्था शर्माको काली माँ ट्रेडिङले बिर्तामोडमा सुरु गरेको आउटलेटमा खेलकुदका सबै सामग्री पाइने जनाइएको छ ।

स्पेनिस कम्पनी केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामरु ट्रेडिङका निर्देशक उत्तम न्यौपानेका अनुसार नेपाली खेलकुद क्षेत्रमा गुणस्तरीय खेलपोसाक र सामग्री उपलब्ध गराउने उद्देश्यअनुरूप केल्मी नेपाल अगाडि बढिरहेको बताए ।

Adv sidebar_4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer