२०८१ असार २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुद: झापामा एथ्लेटिक्स, भलिबल, हक्की र भारत्तोलनका खेलाडी छानिए


बिर्तामोड, भदौ ८ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा जारी प्रतियोगिताबाट विभिन्न खेलहरुका खेलाडी छनोट भएका छन् ।

This image has an empty alt attribute; its file name is aadarsa-1.png

झापा जिल्ला खेलकुद विकास समितिका अनुसार बुधबारसम्ममा एथ्लेटिक्स, भलिबल, हक्की र भारत्तोलनका खेलाडी छनोट भइसकेका छन् । खोखो र कबड्डीका खेलाडीको छनोट पनि अन्तिम चरणमा पुगेको छ ।

Adv sidebar_3

मेची रंगशालामा सम्पन्न एथ्लेटिक्सको नतिजाअनुसार महिलातर्फ १०० मिटरमा हिमा पौडेल र सविना चौहान, २०० मिटरमा निशा माझी र रेनुका गौतम, ४०० मिटरमा विष्णु चम्लागाईं र दिया बराल, ८०० र १५०० मिटरमा सुस्मिता राई, ५००० मिटरमा सलिना तामाङ र सविना चौहान छनोट भएका छन् ।

लङजम्पमा रेनुका गौतम र सविना चौहान, ट्रिपलजम्पमा सविना चौहान, सटपुट र डिस्कस थ्रोमा कञ्चन बिमली, ज्याभलिन थ्रोमा सलिना तामाङ, हाइजम्पमा रेनुका गौतम र सविना दर्नाल छनोट भएको एथ्लेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए ।

एथ्लेटिक्सको पुरुषतर्फ १०० मिटरमा विनय धिमाल र राजीव ढुंगाना, २०० मिटरमा प्रजे तामाङ र विनय अधिकारी, ४०० मिटरमा लीला भित्रिकोटी र विनय अधिकारी, ८०० मिटरमा प्रेम तामाङ र पवनकुमार शाह, १५०० मिटरमा प्रेम तामाङ र मेघराज राई, ५००० मिटरमा सरोज सिंह र सुखदेव टुडु, १० हजार मिटरमा सरोज सिंह र अनिल हेमरम तथा २१ किलोमिटरमा मेघराज राई छनोट भएका छन् ।

Adv sidebar_4

लङजम्पमा राजीव ढुंगाना र मुकेश चौधरी, ट्रिपल जम्पमा राजीव ढुंगाना र विशाल टुडु, हाइजम्पमा विशाल टुडु र प्रजे तामाङ, ज्याभलिनमा शुकराज तामाङ र सुमन दर्जी, सटपुटमा प्रवेश धिमाल, डिस्कस थ्रोमा प्रेम तामाङ र अभिषेक राजवंशी छनोट भएका छन् ।

पुरुष भलिबलतर्फ विमान खड्का, रोमन बस्नेत, राजन लिम्बू, रोहित शिवाकोटी, पुकार तामाङ, रविन गौतम, गणेश कटुवाल, कुमार कटुवाल, अनिश निरौला, सुमन राना मगर, भरत यादव, सुजन बुढाथोकी, लीला डाँगी, कृष्ण तामाङ, आकाश नेपाली र प्रकाश लावती चयन भएका छन् ।

महिला भलिबलतर्फ झरना राजवंशी, पवित्रा डाँगी, सुन्यता मगर, रेजिना पन्धाक, नुमा लावती, पूजा सुवेदी, प्रसन्ना बोहोरा, नेहा बोहोरा, प्रशान्ती श्रेष्ठ, निकिता भट्टराई, तानिया राई, मञ्जु माबो, हिरा खड्का र प्राची गौतम चयन भएको प्रशिक्षक हेमा थापाले जानकारी दिइन् ।

त्यस्तै, हक्की पुरुषतर्फ मनोज चौधरी, सन्तोष बेस्रा, दिपक खतिवडा, कृष्ण तामाङ, विशाल चौधरी, राजु राजवंशी, रिसब चौधरी, नरेश मगर, रोशन श्रेष्ठ, अनिकित प्रधान, शिवजी मगर, किशु मगर, विष्णु घिमिरे, सुदीप चौधरी, कैलाश शिवाकोटी, गोरव कार्की, विवेक राजवंशी र कृष्ण लुइँटेल छनोट भएका छन् ।

महिलातर्फ सिर्जना तामाङ, उषा मुर्मु, रञ्जीता राई, सीमा राई, पूर्णिमा राई, अरुणिमा राजवंशी, अञ्जली पाहान, मनिका समरिया, करुणा चम्लागाईं, शान्ति कार्की, अस्मिता माझी, सविना दर्नाल, रजिता दंगाल, रोमा ऋषिदेव, रञ्जना राजवंशी, प्रिस्किला मगर विष्णु जोगी र नूमा आङ्देम्बे छनोट भएको प्रशिक्षक ज्ञानेन्द्र खड्काले जानकारी दिए ।

भारत्तोलनमा महिलातर्फ ४९ केजीमा राधा भुजेल, ५५ केजीमा करिना चौधरी र ५९ केजीमा सोनीदेवी दास छनोट भएका छन् भने पुरुषतर्फ ५५ केजीमा चन्दन मुखिया, ८१ केजीमा प्रसिद्ध भक्तराज लवट, ८९ केजीमा अमिलाल राजवंशी र सञ्जय फुयल छनोट भएको खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णु नेम्वाङले बताए ।

मेची रंगशालामा कराते र तेक्वान्दोका खेलहरु जारी रहेको र बिहीबारसम्ममा नतिजा आउने कराते प्रशिक्षक कालु मेचेले जानकारी दिए ।

फुुटबल, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, बुद्धिचाललगायतका खेलहरु जिल्लाका विभिन्न स्थानमा जारी रहेको समितिका प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer