२०८१ असार २५ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुद : झापामा फुटबल, बास्केटबल, ब्याडमिन्टन, पौडी, सेपाक्ताक्रो र तेक्वान्दोका खेलाडी छानिए


बिर्तामोड, भदौ ९ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा जारी प्रतियोगिताबाट बिहीबार विभिन्न खेलहरुका खेलाडी छनोट भएका छन् ।

This image has an empty alt attribute; its file name is aadarsa-1.png

आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अनुसार बिहीबारसम्ममा थप खेलका खेलाडी छनोट भएका हुन् ।

फुटबलतर्फ पुरुष टिममा देवान भुजेल र विकल्प पौडेल गोलकिप्परका रुपमा छनोट भएका छन् भने फरवार्डमा प्रदिप बुढाथोकी, अभिषेक श्रेष्ठ, समुएल तामाङ र शान्तिराम बस्नेत, मिडफिल्डरमा मिलन राई, सौगात गोम्देन, सुरज नेम्वाङ र जेम्स लिम्बू तथा डिफेन्समा विकास राई, प्रमोद चौधरी, दिनेश मुर्मु, दिवस उराउ, कृष्ण गिरी र पेमा तामाङ छनोट भएको फुटबलका संयोजक भगिरथ आलेले जानकारी दिए ।

Adv sidebar_3

महिलातर्फ गोलकिप्परमा रञ्जु राजवंशी र जसोधा लावती, फवार्डमा ममता राउत, लक्ष्मी श्रेष्ठ, रोशिका राय, मिडफिल्डरमा गंगामाया राई, सञ्जना राई, मुना भुजेल र सकुन्तला राई तथा डिफेन्समा छत्रिका चौधरी, सुस्मिता चौधरी, ईश्वरी राई, शिवानी भुजेल, सरस्वती दाहाल र वर्षा मगर छनोट भएका छन् ।

बास्केटबलअन्तर्गत महिलातर्फ उपासना क्षेत्री, विपासना बजगाईं, निश्मा कार्की, सुष्मा दाहाल, सपना माबो, प्रतिमा घिमिरे, आशा गुरुङ, ओशिन तामाङ, सोनिया कन्दङ्वा, इन्दू लिम्बू, पुनम लिम्बू र मेनुका भुजेल छनोट भएका छन् भने पुरुषतर्फ प्रतिक गोम्देन, सौगात विश्वकर्मा, उत्सव राजभण्डारी, लबकुमार गजमेर, नियारा लिम्बू, रोनल शाक्य, सुदान्सु लिम्बू, नइनम लिम्बू, किशोर कन्दङ्वा, निमा दोर्जे मोक्तान, रोशित श्रेष्ठ, रोदन गुरुङ, सुरजकुमार मैनाली, सरन्द नयौपाने, मौसम विश्वकर्मा, शमशेर हाङ लिम्बू, सन्दीप लुइँटेल र नुनम कन्दङ्वा छनोट भएको प्रशिक्षक प्रकाश लिङदेनले जानकारी दिए ।

ब्याडमिन्टनतर्फ पुरुषमा नविन सिलवाल, चाणक्य पाठक, जुनुन राई, नितेश न्यौपाने र सविन अधिकारी छनोट भएका छन् भने महिलामा दिलकुमारी सुब्बा र जसमाया राई चयन भएको खेल संयोजक हरिप्रसाद तिम्सिनाले जानकारी दिए ।

Adv sidebar_4

पौडीमा पुरुषतर्फ सुरेश राजवंशी, प्रारम्भ भण्डारी र जिगडेल लामा तथा महिलातर्फ परिधि भण्डारी र युडेन तामाङ छनोट भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्वाङले जानकारी दिए ।

त्यसैगरी, सेपाक्ताक्रो खेलका लागि पुरुषतर्फ गंगाबहादुर राजवंशी, सुशील विक, कुशल मण्डल, दिपु राजवंशी र रञ्जीत राजवंशी छनोट भएका छन् भने महिलातर्फ दिपिका बस्नेत, निलम राई, रिता लिम्बू, लुङमा इधिंगो र सिना इधिंगो छनोट भएको प्रशिक्षक अर्जुन लम्सालले जानकारी दिए ।

तेक्वान्दोमा पुरुषतर्फ आइतराज लिम्बू, मनिष रुेष्ठ, विक्रम श्रेष्ठ, श्याम राई, मिसन श्रेष्ठ, सौरभ मोदक, रोशन मगर, सन्देश दर्जी र दिवस मगर तथा पुरुष प्याटर्नतर्फ अनमोल लिम्बू, सक्षम आचार्य, अभिषेक राई र मिसन श्रेष्ठ छनोटमा परेका छन् भने महिलातर्फ प्रतिमा धिमाल, दिव्या राई, मुवि राई, निशा ताजपुरिया, पार्वती राजवंशी र आइसा तामाङ तथा महिला प्याटर्नतर्फ सेन्कु तामाङ, बन्दना श्रेष्ठ, जानुका तामाङ र पार्वती राजवंशी छनोटमा परेको समितिका प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए ।

यसैगरी, ब्याडमिन्टनका लागि पुरुषतर्फ निशान खड्का, देउकुमार तामाङ, संगम मगर सौगात मैनाली र सुलभ राई तथा महिलातर्फ सारिका राई छनोटमा परेको कोच प्रकाश राईले जानकारी दिए ।

बिहीबार बिहान खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीले शुभारम्भ गरेको करोतेको कातातर्फ पुरुषमा एलन लामा र महिलामा लीला श्रेष्ठ छनोट भइसकेका छन् भने कुमुतेतर्फको खेलहरु जारी रहेको प्रशिक्षक कालु मेचेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer