२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

नेप्लिज टिन्सको वार्षिकोत्सवमा स्ट्यान्डअप कमेडी, माझीलाई ५० हजार प्रदान


बिर्तामोड, भदौ ११ । नेपाली किशोर र युवा उमेर समूहको ठुलो सञ्जाल भएको सामाजिक संस्था नेप्लिज टिन्सले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर स्वर्गीय दिपिका लिम्बूको स्मृतिमा बिर्तामोडमा स्ट्यान्डअप कमेडी सो गरेको छ ।

This image has an empty alt attribute; its file name is aadarsa-1.png

आफ्नो टिमकी महत्वपूर्ण तथा सक्रिय सदस्य दिपिकाको निधन भएपछि नेप्लिज टिन्स संस्थागत रुपमा दर्ता भएर सामाजिक कार्यमा निरन्तर सक्रिय हुँदै आएको छ ।

Adv sidebar_3

नेप्लिज टिन्सका संस्थापक तथा अध्यक्ष मनिष बस्नेतका अनुसार कलेजतिर नाम दिइएको कार्यक्रममा युवा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

स्ट्यान्डअप कमेडी सोमा कमेडी च्याम्पियन हिमेश पन्तसहित, सरोज भण्डारी, डोरेश खतिवडा र सुजन जिम्बाको विशेष प्रस्तुति रहको बस्नेतले जानकारी दिए ।

युवालक्षित कार्यक्रम सो मोफसलका दर्शकमा लाइभ स्ट्यान्डअप कमेडीको अनुभव दिलाउने उद्देश्यले नेप्लिज टिन्सले आयोजना गरेको हो । कलाकारले युवासँग सम्बन्धित इस्युमा रहेर स्ट्यान्डअप कमेडी गरेका थिए ।

Adv sidebar_4

यसैबीच, नेप्लिज टिन्स र आदर्श कलेज अफ होटल म्यानेजमेन्टको सहकार्यमा मिर्गौला रोगबाट ग्रसित समुद्र माझीको परिवारलाई नगद हस्तान्तरण गरिएको छ ।

वार्षिकोत्सवको अवसर पारेर माझीको परिवारलाई नगद ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

कार्यक्रम हेर्न आएका दर्शकमध्ये लक्की ड्रबाट सुबोध काफ्ले वान प्लसको एन२० मोबाइल पाएका थिए ।

इसान ओली कार्यक्रम संयोजक रहेको सोमा गौरव सुवेदीले स्वागत गरेका थिए भने सञ्चारकर्मी भूमिका सुब्बाले सञ्चालन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer