२०८१ असार २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाली क्रिकेटको घट्यो वरियता, टि२० विश्वकप सिधै खेल्न पाउने सम्भावना कठिन


बिर्तामोड, भदौ १३ । टि–२० अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा नेपालको स्थान घटेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी नयाँ वरियताअनुसार नेपालको टि–२० वरियता एक स्थान घटेको हो ।

This image has an empty alt attribute; its file name is aadarsa-1.png

नेपाल १५औँ स्थानमा झरेको छ । नामिबिया १४औँ स्थानमा उक्लिएको छ । नेपाल भन्दापछि स्कटल्यान्ड १६ औँ स्थानमा छ । ओमान १७ औँ, नेदरल्यान्ड्स १८ औँ, पपुवा न्युगिनी १९ औँ र हङकङ २० औँ स्थानमा छन् ।

Adv sidebar_3

वरियतामा भारत शीर्षस्थानमा छ । इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो, न्युजिल्यान्ड पाँचौँ र अस्ट्रेलिया छैटौँ स्थानमा छन् । वेस्टइन्डिज सातौँ, श्रीलंका आठौँ, बंगलादेश नवौँ, अफगानिस्तान १० औँ, जिम्बावे ११ औँ, आयरल्यान्ड १२ औँ र युएई १३ औँ स्थानमा छन् ।

वरियता घटेसँगै नेपालले सन् २०२४ मा आयोजना हुने टि–२० विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ । सन् २०२४ को टि–२० विश्व कपमा वरियताको शीर्ष १२ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन् ।

आगमी अक्टोबर र नोभेम्बरमा अस्ट्रेलियामा हुने टि२० विश्वकपबाट शीर्ष ८ टोली सोझै छनोट हुने छन् ।

अमेरिका र वेस्टइन्डिज आयोजक हुँदा स्वतः छनोट भइसकेका छन् । २०२२ को विश्वकपका शीर्ष ८ टोली तथा वरियताअनुसार त्यसपछिका शीर्ष दुई टोली विश्वकप खेल्न पाउनेछन् ।

Adv sidebar_4

बाँकी ८ देश पाँच क्षेत्रको विभिन्न छनोट खेल्नु पर्नेछ । वरियता २०२२ नोभेम्बर १४ सम्मको लाई आधार मानिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer