२०८१ असार २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुदः झापाबाट छानिए ४४९ खेलाडी


बिर्तामोड, भदौ १३ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोट खेल्न झापाबाट ४४९ जना खेलाडी छानिएका छन् ।

आज सम्पन्न जिल्लास्तरीय छनोट प्रतियोगिताबाट २७ खेलका महिला र पुरुष गरी ४४९ छानिएका हुन् ।

This image has an empty alt attribute; its file name is aadarsa-1.png

झापाबाट छनोट भएका खेलाडीले यही भदौ २४ देखि असोज ८ गतेसम्म सञ्चालन हुने १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगितामा भाग लिनेछन् ।

Adv sidebar_3

छनोटमा परेका खेलाडीलाई आवश्यकता अनुसार अभ्यास गराइने झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले जानकारी दिए ।

समितिका कार्यालय प्रमुख विष्णु नेम्वाङका अनुसार प्रदेश छनोट प्रतियोगिताका लागि २६१ जना पुरुष र १८८ जना महिला खेलाडी छानिएका छन् ।

छनोट भएकामध्ये फुटबलमा १६ पुरुष, १६ महिला, भलिबलमा ९ पुरुष, ९ महिला, क्रिकेटमा १४ पुरुष, १४ महिला छानिएका छन् ।

त्यस्तै, कबड्डीमा ९ पुरुष, ९ महिला, खो–खोमा १२ पुरुष, १२ महिला, एथ्लेटिक्समा १८ पुरुष, १४ महिला छानिएको नेम्वाङले जानकारी दिए ।

Adv sidebar_4

हक्कीमा १८ पुरुष १८ महिला, बास्केटबलमा १२ पुरुष, १२ महिला, बक्सिङमा ११ पुरुष, ५ महिला, कराते (काता, कुमुते) मा १६ पुरुष, १३ महिला छनोट भएका छन् ।

तेक्वान्दोमा १४ पुरुष, १४ महिला, आइटिएफ तेक्वान्दोमा १४ पुरुष, ११ महिला, जुडोमा ११ पुरुष ७ महिला, जिम्न्यास्टिकमा ६ पुरुष छानिएका छन् ।

उसुमा १० पुरुष, ८ महिला, भारत्तोलनमा ५ पुरुष, ४ महिला, ब्याडमिन्टनमा ५ पुरुष २ महिला, पौडीमा ३ पुरुष २ महिला, सेपाक्ताक्रोमा ५ पुरुष, ५ महिला छनोट भएका छन् ।

टेबलटेनिसमा ५ पुरुष, १ महिला, आर्चरीमा ५ पुरुष, ५ महिला, बुद्धिचालमा २ पुरुष, २ महिला, शारीरिक सुगठनमा ७ पुरुष खेलाडी छनोट भएका छन् ।

रग्बीमा १० परुष, कुस्तीमा १० पुरुष, ५ महिला, साइक्लिङमा ८ पुरुष र सुटिङमा ४ पुरुष र २ महिला छानिएको समितिले जनाएको छ ।

मेची रंगशालाको कभर्डहलमा आयोजित एक समारोहका बीच झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले प्रतियोगिताको औपचारिक समापन गरेका थिए ।

यसअघि भदौ ४ गते प्रदेश नम्बर १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले छनोट प्रतियोगिता उद्घाटन गरेका थिए ।

५९ औँ राष्ट्रिय खेलकुद परिषद दिवसको समेत अवसर पारेर आयोजना गरिएको समापनको अवसरमा झापा जिल्ला खेलकुद विकास समितिबाट प्रशिक्षकको रुपमा सेवानिवृत्त भएका दुईजना प्रशिक्षकलाई सम्मान गरिएको थियो ।

हक्कीका प्रशिक्षक ज्ञानेन्द्र खड्का र तेक्वान्दोका प्रशिक्षक प्रदिप श्रेष्ठलाई सम्मान गरिएको हो । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी रिजाल, नयाँ श्रीनाथ गणका प्रमुख सेनानी फडेन्द्र थापा, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक प्रदीपसिंह कार्कीलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

समितिले छनोट प्रतियोगितालाई बिकेन्द्रिकृत गर्दै बाहुनडाँगी, सुरुङ्गा, दमकलगायतका क्षेत्रमा खेलहरु भएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

यसअघि खेलकुद परिसर सरसफाइ गर्नुका साथै मेची रंगशालाका वरिपरि बृक्षारोपण गरिएको थियो । कराते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको समापन कार्यक्रममा समितिका कार्यालय सचिव विष्णु नेम्वाङले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer