२०८१ असार २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुदः प्रदेश छनोटका आठ खेल झापामा हुने


बिर्तामोड, भदौ १९ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय छनोटका आठवटा खेल झापामा हुने भएका छन् ।

This image has an empty alt attribute; its file name is aadarsa-1.png

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तका अनुसार १ नम्बर प्रदेशमा हुने ३३ वटा खेलमध्ये आठवटा झापामा हुने भएका हुन् ।

Adv sidebar_3

झापाको भद्रपुर, बिर्तामोड, दमक र काँकरभिट्टामा छनोट खेल हुने भण्डारीले बताए । यही भदौ २९ गतेबाट हुने प्रदेश छनोट प्रतियोगिता असोज ८ गतेसम्म हुनेछ ।

प्रदेश छनोट खेल्न २७ खेलमा झापाबाट ४४९ जना खेलाडी छानिएका छन् । जिल्लास्तरीय छनोट प्रतियोगिताबाट २७ खेलका महिला र पुरुष गरी ४४९ छानिएका हुन् ।

Adv sidebar_4

समितिका कार्यालय प्रमुख विष्णु नेम्वाङका अनुसार प्रदेश छनोट प्रतियोगिताका लागि २६१ जना पुरुष र १८८ जना महिला खेलाडी छानिएका छन् ।

प्रदेश छनोटअन्तर्गत महिला भलिबल दमकमा, महिला क्रिकेट र ब्याडमिन्टन काँकरभिट्टामा हुने छन् ।

त्यस्तै, तेक्वान्दो र शारीरिक सुगठनको छनोट खेल बिर्तामोडमा हुने निश्चित भएको छ ।

Adv block_7_1

आर्चरी, कबड्डी (महिला, पुरुष) र खोखो (महिला, पुरुष) को छनोट प्रतियोगिता भने भद्रपुरमा हुने अध्यक्ष भण्डारीले जानकारी दिए ।

अन्य खेलको छनोट भने मोरङ र सुनसरीमा हुने प्रदेश नम्बर १ खेलकुद विकास बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer