२०८१ असार २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुदः झापाको महिला फुटबल टिम बन्द प्रशिक्षणमा


बिर्तामोड, भदौ २० । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोटमा परेका झापाका महिला फुटबल खेलाडीको बन्द प्रशिक्षण सुरु भएको छ ।

एक साताअघि खेल संयोजक वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’ को नेतृत्वमा महिला तथा पुरुष टिमको छनोट गरिएको थियो ।

Adv sidebar_3

छनोटमा परेका महिला खेलाडीको प्रशिक्षण कनकाईस्थित सुरुङ्गामा सुरु भएको हो । खेलाडीहरुलाई प्रशिक्षक सन्त रायमाझी प्रशिक्षण दिइरहेका छन् ।

महिला फुटबलको छनोट इटहरी रंगशालामा भदौ २९ देखि असोज २ गतेसम्म हुने प्रदेश खेलकुद विकास बोर्डले जनाएको छ ।

Adv sidebar_4

झापाबाट छनोटमा परेका खेलाडीः

गोलकिप्परः रञ्जु राजवंशी र जसोधा लावती

फवार्डः ममता राउत, लक्ष्मी श्रेष्ठ, रोशिका राय

मिडफिल्डः गंगामाया राई, सञ्जना राई, मुना भुजेल र सकुन्तला राई

डिफेन्सः छत्रिका चौधरी, सुस्मिता चौधरी, ईश्वरी राई, शिवानी भुजेल, सरस्वती दाहाल र वर्षा मगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer