२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

दसैँको नयाँ नोट भदौ २९ देखि उपलब्ध हुने


बिर्तामोड, भदौ २१ । राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि दसैँका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ ।

भदौ २६ देखि बैंक तथा वित्तीय संस्था र २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने आन्तरिक तयारी गरिएको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

Adv sidebar_3

गत वर्षजस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एकएक बन्डल हो ।

बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ ।

चालु आर्थिक वर्षभर नै राष्ट्र बैंकले आफ्ना कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको छ । यद्यपि दसैँ, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउन थालेको छ ।

Adv sidebar_4

राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले भदौ २६ देखि सूचना नै जारी गरेर नयाँ नोट वितरण गरिने नेपालले बताए ।

दसैँ र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ ।

बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् । खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer