२०८१ असार २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कर्मचरीको ब्याटमिन्टनः उपाधि वाणिज्य बैंक बिर्तामोड शाखाको जोडीलाई


बिर्तामोड, भदौ २१ । झापाको भद्रपुरमा भएको पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि राष्ट्रिय वाणिज्य बैंक बिर्तामोड शाखाको जोडीले उचालेको छ ।

आज मंगलबार भएको फाइनल खेलमा नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रको जोडीलाई २१–७, २१–१२ को सोझो सेटमा हराउँदै वाणिज्य बैंक बिर्तामोड शाखाले उपाधि रक्षा गरेको हो ।

Adv sidebar_3

वाणिज्य बैंकको तर्फबाट प्रज्ज्वल ओझा र खगेन्द्र कन्दङवाको जोडी तथा विद्युत प्राधिकरण दमक वितरण केन्द्रको तर्फबाट धीरेन्द्र बजगाईं र टंकप्रसाद उप्रेतीको जोडीबीच अन्तिम प्रतिस्पर्धा भएको थियो ।

वाणिज्य बैंकको जोडीले सेमिफाइनलमा जिल्ला अदालत झापाका न्यायाधीशद्वय चन्द्रमणि ज्ञवाली र रमेशप्रसाद रिजालको जोडीलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

Adv sidebar_4

त्यस्तै, अर्जुनधारा नगरपालिकाका हिमराज सेढाइँ र विपिन लम्सालको जोडीलाई हराउँदै नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रको जोडी फाइनल पुगेको थियो ।

विजेताले नगद १० हजार र उपविजेताले नगद ७ हजार पुरस्कार पाउनेछन् । उनीहरूलाई भदौ २२ गते निजामती सेवा दिवस समारोहमा नगद र ट्रफी वितरण गरिनेछ ।

निजामती सेवा दिवस २०७९ को अवसरमा कर्मचारी मिलन केन्द्र भद्रपुरले सदस्यहरूबीच प्रतियागिता गराएको खेल संयोजक डिभिजन सिँचाइ कार्यालय भद्रपुरका प्रमुख कृष्ण राजवंशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer