२०८१ असार २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुदः पुरुष क्रिकेटमा प्रदेश एक पराजित


बिर्तामोड, भदौ २६ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा प्रदेश एक पराजित भएको छ ।

सुदूरपश्चिम प्रदेशले प्रदेश एकमाथि १३ रनको सहज जित हात पारेको हो । जितको लागि १४५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एकले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३१ रन बनायो ।

प्रदेश एकका कप्तान फिर्दोस अन्सारीले ३१ बलमा १ चौका र ३ छक्कासहित ३३ रन बनाए । ओपनर विधान गोश्वामी ३, अंकित सुवेदी एक, सन्दीप ढुंगना १३, मिनाश थापा डक, विवेक मेहता २ र समिर कार्की ७ रनमा आउट भए ।

तल्लोक्रमका दिपेश कँडेल ३१ बलमा २ चौका र १ छक्कासहित ३४ रनमा अविजित रहे । सोनु मण्डल १४ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा अविजित रहे । आठौँ विकेटका लागि सोनु र दिपेशले ५४ रनको साझेदारी गरेका थिए ।

Adv sidebar_3

सुदूरपश्चिमका स्पिनर मिलन बोहराले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । हेमन्त धामी, नरेन्द्र साउद, शेर मल्ल र लोकेन्द्र चन्दले एकएक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनायो ।
सुदूरपश्चिमका वसन्त खत्रीले ४१ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ५३ रनको योगदान दिए । मिलन बोहराले ३० बलमा ४ चौका र ३ छक्कासहित ४४ रनमा आउट भए ।

Adv sidebar_4

सुदूरपश्चिमको सुरुवात भने राम्रो हुन सकेन । ओपनर राजु रिजाल र दिल बोहरा दुबै शून्यमा आउट भए । खडक बोहरा ५ र वसन्त कार्की ४ रनमा आउट भएका थिए ।

एक समय ४–१५ को खराब अवस्थामा पुगेको सुदूरपश्चिमलाई पाँचौँ विकेटका लागि वसन्त खत्री र मिलन बोहराले १ सय रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट पूनरागन गराएका थिए ।

लोकेन्द्र चन्दले ११ बलमा २ चौका र १ छक्कासहित २४ रनमा आउट भए । नारायण जोशी २ रनमा अविजित रहे ।

प्रदेश १ का दिपेश कँडेलले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । कप्तान फिर्दोस अन्सारीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । कमल खत्रीले एक विकेट लिए ।

सुदूरपश्चिम पहिलो खेलमा एनआरएनएसँग १२ रनले पराजित भएको थियो । बागमतीसँग भने सुदूरपश्चिमले अंक बाँडेको थियो । सुदूरले अब भदौ २८ मा मुलपानीमा एपिएफसँग खेल्नेछ ।

प्रदेश १ ले पहिलो खेल बागमतीसँग वर्षाको कारण अंक बाँडेको थियो । प्रदेश १ ले एपिएफसँग पनि वर्षाको कारण अंक बाँडेको थियो । प्रदेश १ ले सोमबार एनआरएनसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer