२०८१ असार २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा प्रदेशस्तरीय छनोटका खेलहरु जारी, आज खो–खो र तेक्वान्दो हुने


बिर्तामोड, असोज १ । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगिताको झापामा हुने खेलहरु जारी रहेका छन् ।

Adv sidebar_4

बिहीबार झापाको दमकमा सुरु भएको महिला भलिबलका खेलहरु जारी रहेको छ भने शुक्रबार मेचीनगरमा महिला क्रिकेट प्रतियोगिता भएको झापा जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

काँकरभिट्टा माविको मैदानमा भएको महिला क्रिकेट प्रतिस्पर्धामा झापाको टिमले मोरङको टिमलाई ९ विकेटले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ५२ रन बनाएको थियो भने जवाफमा झापाले १ विकेट गुमाएर १० ओभरमा लक्ष्य पार गरेको प्रशिक्षक बिरु श्रेष्ठले जानकारी दिए ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीको अध्यक्षतामा प्रतियोगिता उद्घाटन गरिएको थियो । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बलिङ र उपप्रमुख मीना पोखरेल उप्रेतीले ब्याटिङ गरेर खेलको उद्घाटन गरेका थिए ।

Adv sidebar_3

समितिका सचिवालय सदस्य दुर्गाराज निरौलाले सञ्चालन गरेको उद्घाटन समारोहमा क्रिकेट खेलाडी छनोट समितिका संयोजक एवम् जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष शंकर थापाले स्वागत गरेका थिए ।

बिहीबार दमकमा समितिका अध्यक्ष भण्डारीकै अध्यक्षतामा १ नम्बर प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले प्रदेशस्तरीय महिला भलिबल छनोट प्रतियोगिताको उद्घाटन गरेका थिए ।

आज शनिबार बिहान मेची रंगशालामा खो–खो र बिवर्तामोडको सिटी सेन्टरमा तेक्वान्दो खेलका प्रतिस्पर्धाहरु हुने छन् । प्रतिस्पर्धाका लागि जिल्लाबाहिरका टिम र खेलाडीहरु आइसकेका छन् ।

बक्सिङ झापामै

सुरुमा उदयपुरमा आयोजना गर्ने भनिएको बक्सिङ खेल झापामै हुने भएको छ । विविध कारणले उदयपुरमा हुन नसकेको प्रतियोगिता धरानमा गर्ने भनिए पनि अन्तिम समयमा झापामा गर्ने निर्णय भएको हो । झापाको दमकमा त्यसको तयारी गरिएको नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक भोजराज सिटौलाले जानकारी दिए ।

प्रदेश छनोटअन्तर्गत ब्याडमिन्टन काँकरभिट्टामा र शारीरिक सुगठनको छनोट खेल बिर्तामोडमा हुनेछ ।

आर्चरी, कबड्डी (महिला, पुरुष) र खोखो (महिला, पुरुष) को छनोट प्रतियोगिता भने भद्रपुरमा हुने अध्यक्ष भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer