२०८१ असार २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुदः प्रदेश छनोटको एथ्लेटिक्समा झापालाई ५ स्वर्ण


बिर्तामोड, असोज १ । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगिताअन्तर्गत झापाले एथ्लेटिक्समा ५ स्वर्ण जितको छ ।

Adv sidebar_4

सुनसरीको इटहरीमा भएको १ नम्बर प्रदेशस्तरीय एथ्लेटिक्समा झापाले पाँचवटा स्वर्ण जितेको हो । झापा ५ स्वर्ण, ५ रजत र ८ कास्यसहित कुल १८ पदकका साथ तेस्रो स्थानमा रहेको प्रशिक्षक गोपाल यादवले जानकारी दिए ।

करातेमा झापाले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । त्यसतै, दमकमा शनिबार झापाको महिला भलिबल टिमले क्वार्टर फाइनलमा खोटाङको टिमसँग प्रतिस्पर्धा गरेको प्रवक्ता जगन दुर्वासा कार्कीले जनाए ।

Adv sidebar_3

यसैबीच, झापामा खेलाइने खेलहरुमध्ये शनिबार तेक्वान्दो र खो–खो सुरु भएको छ ।

झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा तेक्वान्दो र भद्रपुरको भद्रपुर माविको मैदानमा खो–खो खेल शनिबारदेखि सुरु भएको जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्षल प्रशान्त भण्डारीेले जानकारी दिए ।

बिर्तामोडमा सुरु भएको तेक्वान्दो प्रतियोगिताको एक समारोहका बीच १ नम्बर प्रदेशका सामाजिक विकास तथा खेलकुदमन्त्री राजन राईले उद्घाटन गरे ।

तेक्वान्दोको प्रदेशस्तरीय छनोट समितिका संयोजक तथा उदयपुर खेलकुद विकास समितिका अध्यक्ष पर्वत दाहालको अध्यक्षतामा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेशमन्त्री राईले प्रदेशमा छनोट हुने खेलाडीलाई पोखरामा आयोजना हुने राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेर प्रदेश नाम राख्न आग्रह गरे ।

झापा खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीले स्वागत र झापा जिल्ला खेलाडी छनोट समितिका सचिवालय सदस्य एवम् करातेका प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको समारोहमा १ नम्बर प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष तथा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले खेलाडीहरुलाई विजयको शुभकामना दिएका थिए । तेक्वान्दोमा १ नम्बर प्रदेशको १४ वटै जिल्लाका खेलाडी सहभागी छन् ।

यसैगरी, भद्रपुरस्थित मेची रंगशालाको कभर्डहलमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष टिकाराज ढकालले खो–खो प्रतियोगिताको उद्घाटन गरे ।

समितिका अध्यक्ष भण्डारीको अध्यक्षतामा सचिवालय सदस्य दुर्गाराज निरौलाले सञ्चालन गरेको उद्घाटन समारोहमा समितिकी उपाध्यक्ष एवम् खो–खो छनोट समितिकी संयोजक गंगा कोइरालाले स्वागत गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer