२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

१२ वर्षपछि सम्बन्धन पाएको बसपार्कको इन्जिनियरिङ कलेज सञ्चालनमा आउँदै


बिर्तामोड, असोज २ । भौतिक संरचना निर्माण गरेर सञ्चालनको तयारीमा रहेको बिर्तामाड बसपार्कको पाथीभरा सेन्टर फर एड्भान्स स्टडिज (पिसिएएस) ले १२ वर्षपछि सम्बन्धन पाएको छ ।

Adv sidebar_4

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएको सो इन्जिनियरिङ कलेजले यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाइ सञ्चालन गर्ने भएको हो ।

क्याम्पस प्रशासनका अनुसार तीनवटा फ्याकल्टीमा ४८–४८ जना विद्यार्थीको कोटा रहेको छ । सम्बन्धन पाएसँगै दसैँतिहारको बीचबाट भर्ना खुला गर्ने कलेज सञ्चालक युवराज प्रसाईंले बताए ।

Adv sidebar_3

कलेज सञ्चालनका लागि आवश्यक सबै भौतिक पूर्वाधार तयार भएर पनि कलेजले सम्बन्धन नपाउँदा निकै क्षति व्यहोर्नुपरेको प्रसाईंले जानकारी दिए ।

सुविधासम्पन्न कक्षाकोठा, आवश्यक ल्याब सुविधा, दक्ष प्राध्यापकहरुबाट गुणस्तरीय अध्यापनजस्ता सेवा सुविधा रहने आफूहरुको कलेजमा अरु इन्जिनियरिङ कलेजसरह नै शुल्क लिइने प्रसाईंले बताए ।

आठ वर्षअघि इन्जिनियरिङ काउन्सिलबाट सञ्चालन अनुमति पाएको सो कलेजले १२ वर्षको अन्तरालमा ठुलो क्षति व्यहोर्नु परेको छ ।
समयमा सम्बन्धन नपाउँदा ल्याबका सामग्री बिग्रिएको, ४० लाख रुपैयाँको सामान हराएको प्रसाईंले जानकारी दिए । अर्जुनधारा ११ मा निर्माण गरिएको कलेज २७ कठ्ठा जमिनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer