२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

विद्यार्थीको नयाँ भर्ना कुर्दै पाथीभरा इन्जिनियरिङ कलेज


बिर्तामोड, असोज ३ । बिर्तामाड बसपार्कमा रहेको पाथीभरा सेन्टर फर एड्भान्स स्टडिज (पिसिएएस) ले शैक्षिकसत्रदेखि नयाँ विद्यार्थीको भर्ना खुलाएको छ ।

भौतिक संरचना निर्माण गरेर सञ्चालनको तयारीमा रहेको तर १२ वर्षपछि सम्बन्धन पाएको सो इन्जिनियरिङ कलेजले स्नातक तहमा नयाँ भर्ना खुलाएको हो ।

कलेजमा आज पत्रकार सम्मेलन गरेर कलेज प्रशासनले सम्बन्धन पाएसँगै अध्यापन सुरु गर्न लागेको जानकारी दिइयो ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएको सो इन्जिनियरिङ कलेजले यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाइ सञ्चालन गर्ने भएको अध्यक्ष युवराज प्रसाईंले जानकारी दिए ।

Adv sidebar_3

क्याम्पसका प्रमुख कार्यकारी अधिकृत अनुज पराजुलीका अनुसार कलेजमा तीनवटा फ्याकल्टीमा ४८–४८ जना विद्यार्थीको कोटा रहेको छ । सम्बन्धन पाएसँगै दसैँतिहारको बीचबाट भर्ना खुला गर्ने उनले बताए ।

कलेज सञ्चालनका लागि आवश्यक सबै भौतिक पूर्वाधार तयार भएर पनि कलेजले सम्बन्धन नपाउँदा निकै क्षति व्यहोर्नुपरेको प्रसाईंले जानकारी दिए ।

सुविधासम्पन्न कक्षाकोठा, आवश्यक ल्याब सुविधा, दक्ष प्राध्यापकहरुबाट गुणस्तरीय अध्यापनजस्ता सेवा सुविधा रहने आफूहरुको कलेजमा अरु इन्जिनियरिङ कलेजसरह नै शुल्क लिइने प्रसाईंले बताए ।

Adv sidebar_4

समयमा सम्बन्धन नपाउँदा ल्याबका सामग्री बिग्रिएको, ४० लाख रुपैयाँको सामान हराएको प्रसाईंले जानकारी दिए । अर्जुनधारा ११ मा निर्माण गरिएको कलेज २७ कठ्ठा जमिनमा छ ।

‘१२ वर्षपछि खोला फकिन्छ भन्ने पुरानो उखान छ’, अध्यक्ष प्रसाईंले भने, ‘१२ वर्षपछि भए पनि कलेजले सम्बन्धन ल्याउन सफल भएको छ ।’
सिभिल, इलेक्ट्रोनिक्स र कम्प्युटर शिक्षा लिनका लागि काठमाडौँ र अन्य मुलुक जानु नपर्ने अध्यक्ष प्रसाईंले बताए । उनका अनुसार अन्य स्थानमा भन्दा शुल्क पनि कम हुनेछ ।

प्रसाईंले सबै राजनीतिक दल, सामाजिक व्यक्तित्वलगायत सबैको साथ र सहयोगका कारण ढिलै भए पनि कलेजले सम्बन्धन ल्याउन सफल भएको बताए ।

कक्षा सञ्चालनका लागि दुईवटा भवन र ४० वटा कक्षाकोठा तयार रहेको पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार विद्यार्थीले आगामी कात्तिक ७ गतेसम्म आवेदन फारम भर्नुपर्ने र कलेजमै सम्पूर्ण भौतिक पूर्वाधार भएकाले कात्तिकको अन्तिम साताबाट इन्ट्रान्स हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer