२०८२ बैशाख १२ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पूर्वेली युवा क्लबद्वारा प्रहरीलाई साइकल प्रदान


बिर्तामोड, असोज ५ । पूर्वेली युवा क्लब बिर्तामोडले अस्थायी प्रहरी बिट बुट्टाबारीका प्रहरीलाई साइकल प्रदान गरेको छ ।

सुरक्षा गस्ती गरी शान्तिसुरक्षा कायम गर्न सहयोग पु¥याउने उद्देश्यले अस्थायी प्रहरी बिट बुट्टाबारीका प्रहरीलाई दुईथान साइकल प्रदान गरेको पूर्वेली युवा क्लब बिर्तामोडका कार्यवहाक अध्यक्ष दिपेन चौधरीले बताए ।

कार्यक्रममा क्लब बिर्तामोडका संस्थापक अध्यक्ष सुरेश आले, निवर्तमान अध्यक्ष मनोज बुढाथोकी, उपाध्यक्षहरु कुशल खतिवडा, प्रकाश सुवेदी, सचिव दिवाकर प्रसाईं, सल्लाहकार राजेन्द्र उप्रेती, तरुण दल बिर्तामोड–५ का सभापति दिनेश चौधरीलगायतले अस्थायी प्रहरी बिट बुट्टाबारीकी प्रमुख प्रहरी सहायक निरीक्षक जानुका चौहानलाई साइकल हस्तान्तरण गरेका थिए ।

Adv sidebar_4

प्रहरीलाई प्रदान गरिएको साइकल क्लबका अध्यक्ष रविन श्रेष्ठले उपलब्ध गराएका हुन् । हाल अमेरिकामा रहँदै आएका उनी सामाजिक कार्यमा अग्रसर छन् ।

पूर्वेली युवा क्लबले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको र क्लबको सामाजिक उत्तरदायित्वअन्तर्गत अस्थायी प्रहरी बिट बुट्टाबारीलाई साइकल प्रदान गरेको हो । कार्यक्रमको सञ्चालन पूर्वेली युवा क्लवका सचिव विकास बस्नेतले गरेका थिए ।

Adv footer