२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

असोज ७ देखि बिर्तामोडमा अन्तर्राष्ट्रिय महिला फुटबल हुने


बिर्तामोड, असोज ५ । झापाको बिर्तामोडमा बडादसैँ तथा तिहारको उपलक्ष्यमा अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

बिर्तामोड फुटबल क्लबको आयोजनामा यही असोज ७ गतेदेखि १२ गतेसम्म डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता सञ्चालन हुने अध्यक्ष डिके गुरुङले जानकारी दिए ।

आज बिर्तामोडमा क्लबले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।

तेस्रो संस्करणको प्रतियोगितामा १ नम्बर प्रदेशका ४ र भारतका २ टिमको सहभागिता रहने गुरुङले बताए । नेपालबाट झापा, इलाम, मोरङ र पाँचथर भारतबाट सिक्किम र सिलिगुडी टिमहरु आउने बताइएको छ ।

प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

पत्रकार सम्मेलनमा क्लबका कोषाध्यक्ष भीम मुखिया, आयोजक टिमकी कप्तान मिना राईको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer