२०८१ असार १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

नेपालमा साइकल ऐन निर्माणमा दबाब दिन झापामा अन्तरक्रिया


बिर्तामोड, असोज २३ । नेपालमा साइकल ऐन निर्माणमा दबाब दिने उद्देश्यले झापाको बिर्तामोडमा साइकल यात्रा तथा अन्तरक्रिया भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च झापाको आयोजनामा भएको साइकल यात्रा बिर्तामोडबाट सुरु भएर सालबारी हुँदै अर्जुनधारा ११ को देउनियाबस्तीमा आएर टुंगिएको थियो ।

बन्दी सहायता नेपालको संयोजनमा भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका डा. तारालाल श्रेष्ठले साइकल ऐन नहुँदा नेपालमा साइक्लिस्टहरुले सडकमा हेपिनु परेको बताए ।

विश्वका अधिकांश देशमा साइकलसम्बन्धी कानुन भए पनि नेपालमा नभएकाले साइकल संस्कृतिको विकास हुन नसकेको उनको भनाइ थियो ।

श्रेष्ठकै अगुवाइमा ऐन निर्माणका लागि दबाब दिन सर्वोच्च अदालतमा रिट दयार गर्ने तयारी अन्तिम चरणमा पुगको बन्दी सहायता नेपालकी संस्थापक तथा नेपाल साइकल सोसाइटीकी कार्यकारिणी सदस्य इन्दिरा राना मगरले जानकारी दिइन् ।

नेपालका केही प्रमुख सहरहरुमा साइकल लेन भए पनि अन्य सवारी साधनका कारण प्रयोगमा आउन नसकेको डा. श्रेष्ठले बताए । कानुन अभावमा लेनको प्रयोग गर्न साइक्लिस्टहरु असमर्थ रहेको उनको भनाइ थियो ।

मञ्च झापाका अध्यक्ष हिमाल खरेलको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीका कार्यकारिणी सदस्य आकाश श्रेष्ठ, साइक्लिस्ट रकम चाम्लिङलगायतले आआफ्नो सुझाव तथा धारणा राखेका थिए ।

दैनिक काममा साइकल चलाउँदा शारीरिक रुपमा स्वस्थ रहने, वातावरण संरक्षण, इन्थनको बचत तथा आर्थिक भार पनि कम हुने निष्कर्ष निकालिएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण बन्दी सहायता नेपालका सचिव रञ्जीत परियारले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer