२०८१ असार १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुद: हक्कीको प्रदेश १ का खेलाडी एउटै वडाका


हिमाल खरेल

बिर्तामोड, असोज २५ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ को हक्की खेलको प्रतिनिधित्व गर्ने सिंगो टिमका खेलाडी एउटै वडाका रहेका छन् ।

No description available.

संयोग कस्तो भने हक्की टिमका चारजनाबाहेक सबै खेलाडी झापाको भद्रपुर नगरपालिकाको एउटै वडाका मात्र छन् । पुरुष टिमका १४ खेलाडी भद्रपुर वडा नम्बर ९ का हुन् ।

एकजना खेलाडी मेचीनगर १४ र तीनजना उदयपुरका छन् । उदयपुरका खेलाडी वैकल्पिक हुन् ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीका अनुसार हक्कीका प्रशिक्षक ज्ञानेन्द्र खड्का बस्ने ठाउँ भद्रपुर ९ भएकाले खेलाडीहरु पनि सोही वडाका मात्र भएका हुन् ।

No description available.

मेचीनगर १४ र भद्रपुर ९ छिमेकी वडा हुन् । यी दुवै वडाको चोक रहेको पुँहातुबारीमा प्रशिक्षक खड्का बस्दै आएका थिए ।

अर्को कुरा, झापामा बाहेक प्रदेश १ का अन्य जिल्लामा प्रशिक्षक नै नभएपछि सबै खेलाडी झापाका मात्र भएका हुन् । झापाका हक्की प्रशिक्षक खड्का पनि हालै निवृत्त भएका छन् ।

महिला टिममा एउटै वडाका नौजना

यसैबीच, असोज २८ गतेदेखि गण्डकी प्रदेशमा हुने प्रतियोगितामा हक्कीको महिला टिमका नौजना खेलाडी एउटै वडाका छन् ।

टिमका १७ जनामध्ये नौजना खेलाडी मेचीनगर १५ का हुन् । यो वडा पनि प्रशिक्षक खड्का बस्ने पुँहातुबारी नजिकै हो । एकजना भद्रपुर ९ की छन् भने बाँकी सातजना शिवसताक्षी नगरपालिकाका हुन् ।

प्रशिक्षक अभावसँगै हक्की खेलका खेलसामग्री खर्चिलो हुने र खेलाडीले धान्न नसक्ने भएकाले पनि हक्कीमा खेलाडीको अनिच्छा बढ्दै गएको हो ।

प्रदेश १ हक्की पुरुष टिम

मनोज चौधरी – भद्रपुर ९
सन्तोष बेस्रा – भद्रपुर ९
राजु राजवंशी – भद्रपुर ९
दिपक खतिवडा – भद्रपुर ९
कृष्ण तामाङ – भद्रपुर ९
गौरव कार्की – भद्रपुर ९
रोशन श्रेष्ठ – भद्रपुर ९
रिसब चौधरी – भद्रपुर ९
बिशु घिमिरे – भद्रपुर ९
सुदिप चौधरी – भद्रपुर ९
कैलाश शिवाकोटी – भद्रपुर ९
देवराम चौधरी – भद्रपुर ९
विवेक राजवंशी – भद्रपुर ९
मनिष मगर – भद्रपुर ९
संजय राजवंशी- मेचीनगर १४
नरेशकुमार मगर – उदयपुर
शिवजी मगर – उदयपुर
किसानबहादुर मगर – उदयपुर

प्रदेश १ हक्की महिला टिम

सिर्जना मगर – मेचीनगर १५
पूर्णिमा राई – मेचीनगर १५
रञ्जना राजवंशी – मेचीनगर १५
सीमा राई- मेचीनगर १५
अञ्जली पाहान – मेचीनगर १५
रञ्जीता राई – मेचीनगर १५
मनिका समरिया – मेचीनगर १५
अरुणिमा राजवंशी – मेचीनगर १५
अल्का राजवंशी – मेचीनगर १५
उषा मुर्मू भद्रपुर – ९
रञ्जीता दंगाल – शिवसताक्षी
प्रिस्किला आले मगर – शिवसताक्षी
अस्मिता माझाी – शिवसताक्षी
सविना दर्जी – शिवसताक्षी
करुणा चम्लागाईं – शिवसताक्षी
नुमा आङदेम्बे – शिवसताक्षी
शान्ति कार्की – शिवसताक्षी

खेलाडीको विदाइ

यसैबीच, एक कार्यक्रमका बीच प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ र झापा जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय प्रतियोगितामा सहभागी हुने हक्की खेलाडीलाई विदाइ गरेका छन् ।

जिल्ला खेलकुदले बिर्तामोडमा नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यतामा पुरुष तथा महिला टिमका खलाडीलाई विदाइ गर्दै सफलताको शुभकामना प्रदान गरेको थियो ।

बोर्डले सदस्य सचिव हंशराज वाग्लेको प्रमुख आतिथ्यतामा इटहरीमा कार्यक्रम गरेर हक्की टिमलाई विदाइ गरेको उपाध्यक्ष जिना कार्कीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer