२०८१ असार १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

पुरुष हक्कीमा प्रदेश १ को जित


बिर्तामोड, असोज २८ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष हक्कीतर्फ शुक्रबार प्रदेश १ सहित चार टिम विजयी भएका छन् ।

आजको जितसँगै १ नम्बर प्रदेश समिफाइनलमा प्रवेश गरेको छ । प्रदेश १ ले बिहीबार सुदूरपश्चिमलाई १–० गोल अन्तरले हराएको थियो ।

हेम्जाको गौरीशंकर खेलमैदानमा जारी प्रतियोगिताको दोस्रो खेलमा मधेश प्रदेश र प्रदेश १ बीचको खेलमा प्रदेश १ विजयी भएको व्यवस्थापक जगन कार्कीले जानकारी दिए ।

१ नम्बर प्रदेश ४–१ गोल अन्तरले विजयी भएको हो । खेलको २७औँ, ५९औँ र ५०औँ मिनेटमा प्रदेश १ का खेलाडी रिसव चौधरीले गोल गर्दै टिमलाई योगदान दिएका थिए ।

No description available.

त्यसैगरी, खेलको ३२औँ मिनेटमा मधेश प्रदेशका खेलाडी अमितकुमार श्रीवास्तवले गोल गरेका थिए । खेलको ४०औँ मिनेटमा पुनः प्रदेश १ का खेलाडी कृष्ण तामाङले एक गोल गरेपछि टिमलाई ४–१ मा पुर्‍याएका थिए ।

त्यस्तै, पहिलो खेलमा गण्डकी र सुदुरपश्चिम प्रदेश १–१ गोलको बराबरीमा रोकिएका छन् । खेल बराबरीमा रोकिए पछि दुवै टिमले १–१ अंक बाड्न बाध्य भएका छन् ।

तेस्रो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । नेपाल पुलिसले कर्णाली प्रदेशलाई ६–० अन्तरको फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

समय अभावका कारण बिहीबार हुन नसकेको बागमती प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल आज दिउँसो भएको थियो । उक्त खेलमा बाग्मती प्रदेश विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer