२०८१ असार १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

महिला फुटबल र भलिबलमा प्रदेश १ को जित


पोखरा, असोज २९ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलमा शनिबार प्रदेश नम्बर १ ले गण्डकी प्रदेशलाई २–१ गोलले पराजित गरेको छ ।

अन्जना थुलुङ राईले ३६औँ मिनेटमा गोल गर्दै प्रदेश नम्बर १ लाई अग्रता दिलाइन् । दोस्रो हाफको ६३औँ मिनेटमा अनिता गुरुङले गोल गर्दै अग्रता दोब्बर पारेकी थिइन् ।

No description available.

खेलको ८१औँ मिनेटमा शान्ति नेपालीले गण्डकीका लागि एक गोल गरे पनि हारबाट जोगाउन पर्याप्त भएन ।

त्यस्तै, महिला भलिबलमा प्रदेश १ विजयी भएको छ । खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराएको हो ।

प्रदेश १ ले मधेशमाथि २५–१३, २५–२२ र २५–१५ को सोझो सेटमा जित निकाल्यो । यस जितसँगै प्रदेश १ ले क्वार्टर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । प्रदेश १ की समीक्षा राई वुमन अफ दि म्याच घोषित भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer