२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सिम्रिक साकोसको नाफा ५ करोड १६ हजार


बिर्तामोड, असोज २९ । बिर्तामोडको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले १२ औँ साधारणसभाको अवसरमा सदस्यहरुको सेवा सुविधालाई ध्यानमा राखेर चालु आर्थिक वर्षका लागि महत्वपूर्ण योजनाहरु अघि सारेको छ ।

संस्थाले जटिल प्रकृतिका (प्राणघातक) रोग लागेका सदस्यलाई उपलब्ध गराउँदै आएको राहत सुविधालाई २५ हजारबाट बृद्धि गरी १ लाख पु¥याउने निर्णय गरेको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले बताए ।

संस्थाले अस्पताल बेड भर्ना भई बसेका सामान्य अवस्थाका सदस्यलाई उपलब्ध गराउँदै आएको १० हजार रकमलाई बृद्धि गरी ५० हजार उपलब्ध गराउने भएका छ ।

त्यस्तै, संस्थाले सदस्यलाई उपलब्ध गराउँदै आएको विभिन्न प्रकारका शल्यक्रिया खर्च राहत सुविधा ५ हजारबाट बृद्धि गरी ५० हजार पु¥याएको छ ।

यसैबीच, संस्थाले आर्थिक वर्ष २०७८–२०७९ मा ५ करोड १६ हजार १ सय ६२ रुपैयाँ नाफा आर्जन गरेको छ । शनिबार बिर्तामोडमा आयोजित साधारणसभाका अवसरमा सो जानकारी दिइएको हो ।

No description available.

संस्थाले सो भन्दा अघिल्लो आर्थिक वर्षमा २ करोड १५ लाख २३ हजार ३ सय ५१ रुपैयाँ नाफा गरेको थियो ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष सुवास भट्टराईले चालु आर्थिक वर्ष २०७९–०८० मा ७ करोड ७६ लाख ९४ हजार २ सय ४१ रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

सिम्रिकले विभिन्न परिस्थितिमा आफ्ना सदस्यलाई राहत उपलब्ध पनि गराएको छ । सदस्यको स्वास्थ्य उपचार र मृत्युमा संस्थाले राहत उपलब्ध गराएको हो ।

संस्थाका कार्यकारी प्रमुख बस्नेतका अनुसार यस आर्थिक वर्षमा संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै कर्जा मिनाह, स्वास्थ्य उपाचार, मृत्यु राहत, प्राकृतिक प्रकोप लगायतका सदस्य राहत सेवा सुविधा अन्तर्गत १ करोड ४२ लाख ३८ हजार २ सय १५ प्रदान गरिएको छ ।

त्यस्तै, काजक्रिया तथा मानोचामल खर्चमा ४४ लाख ६ हजार १ सय ४५ सदस्यलाई उपलब्ध गराइएको तथा सुत्केरी स्वास्थ्य सुविधामा २९ लाख ४२ हजार २ सय र चन्दा दानमा ५ लाख ८ हजार ८ सय ८८ गरी १ करोड ८१ लख ३५ लाख ४ सय ४८ रुपैयाँ सदस्यलाई उपलब्ध गराएको छ ।

त्यस्तै, संस्थाले शेयर सदस्यहरुको व्यवसायिक क्षमता अभिबृद्धिका लागि विभिन्न व्यावसायिक तालिम उपलब्ध गराउने, ज्येष्ठ नागरिक शेयर सदस्यको लागि तीर्थ भ्रमण कार्यक्रमको आयोजना गरिने, सदस्यहरुको व्यापार तथा व्यवसायलाई प्रबद्र्धन गर्न कार्ययोजना बनाइने लगायतका कार्यक्रम अघि सारेको छ ।

सोही कार्यक्रममा स्वेच्छिक अवकाश लिएका ३ जना कर्मचारीलाई प्रोत्साहन रकम प्रदान गरिएको थियो । १ जनालाई नगद २ लाख र दुई जनालाई जनही १ लाख ७५ हजार रुपैयाँको दरले रकम प्रदान गरिएको हो ।

हाल संस्थाले झापा, मोरङ र इलाममा कुल ४७ वटा सेवा केन्द्रहरु मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा पुर्याउँदै आइरहेको छ भने हालसम्म यस सहकारीमा ५१ हजार ४ सय ३६ जना शेयर सदस्य रहेका छन् ।

त्यस्तै, संस्थाको शेयरपुँजी ३१ करोड ८३ लाख ९८ हजार ८००, बचत रहेको रकम १ अर्व १३ करोड ४३ लाख ६० हजार ७७८ रुपैयाँ ५३ पैसा, कर्जा लगानी तथा असुली २ अर्व १६ करोड २८ लाख ६८ हजार ३५०, जगेडा तथा अन्य कोषहरु १६ करोड ४२ लाख ५६२ रुपैयाँ २ पैसा रहेको छ ।
साधारणसभामा प्रमुख अतिथि बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईंले शुभकामना मन्तव्य राख्दै संस्थाले छोटो समयमा निकै ठुलो प्रगति गरेको बताइन् ।

कार्यक्रममा झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दङ्गाल, राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखा प्रमुख विवेक डाँगी, बिर्तामोड नगरपालिकाको सहकारी अधिकृत डिल्ली दाहाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer